पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री
आइतबार, जेठ १८, २०७७
गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या
आइतबार, जेठ १८, २०७७
जिल्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा सोही वडाकै ५६ वर्षिय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
धुम्रपान रहित दिवस र यसको सार्थकता
आइतबार, जेठ १८, २०७७
आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस हो । नेपालमा पनि धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
रिब्दीकोट गाउँपालिकाद्वारा उपभोक्ताको घर–घरमा तरकारी
शनिबार, जेठ १७, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी उपभोक्ताको घर–घर सम्म पुुर्याउने काम गरेको छ । लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घरमै तरकारी पुुर्याएको हो ।
पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
शनिबार, जेठ १७, २०७७
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत विहिबार सार्वजनिक गरेको बजेटमा पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहहरुलाई ७ अर्ब ६५ करोड ५९ लाख रकम विनियोजन भएको छ । दुई नगरपालिका र...
नेपालमा संक्रमितको संख्या एक हजार चार सय एक पुग्यो
शनिबार, जेठ १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । शनिबार यो समाचार तयार पार्दा सम्ममा एकै दिन १ सय ८९ जनामा देखिएपछि संक्रमितको संख्या एक हजार चार सय एक पुगेको हो ।
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री
शनिबार, जेठ १७, २०७७
परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आई पास नेपालले जिल्लाका १० वटा स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपालले स्वास्थ्यकर्मीले लगाउने पिपिइ, माक्स, सेनेटाईजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई वितरण गरेको हो ।
रुकुम घटनाको विरोधमा रामपुरमा प्रदर्शन सहित विरोध सभा
शनिबार, जेठ १७, २०७७
देशैभर रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातिय विभेद र हिंसात्मक घटनाको विरोध भैरहेका बेला शनिबार जिल्लाको रामपुरमा पनि प्रदर्शन सहित शान्ति पूर्ण विरोध सभा भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित समन्वय समिति रामपुरले विरोध सभा गरेको हो । जाजरकोट भेरी नगरपालिका ४...
कृषि र रोजगारीका लागि तातिए गुल्मीका स्थानीय तह
शनिबार, जेठ १७, २०७७
गुल्मीका चार स्थानीय तहले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने भएका छन् । जिल्लाका मुसिकोट नगरपालिका तथा मदाने, मालिका तथा धुर्कोट गाउँपालिकाले स्थानीय रोजगारी सिर्जना गर्नका लागि कृषि र कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने भएका हुन् ।
हप्तामा तीन दिन वित्तीय सेवा सञ्चालन गर्न प्रशासन कार्यालयको आग्रह
शनिबार, जेठ १७, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था, सहकारी एवम् बिमा कम्पनीहरुले हप्तामा तीन दिन मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
कालीगण्डकीमा बन्दै गरेको पक्की पुल निर्माणमा स्थानीय युवा
शनिबार, जेठ १७, २०७७
गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश पाँच र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल बन्दाबन्दीले केही समय स्थगन भएको थियो ।
बजेट कार्यान्वयन होस्
शनिबार, जेठ १७, २०७७
बुहमत प्राप्त कम्युनिष्ट पार्टीको सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैँ बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १४ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् ।


