Shittalpati
प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत
प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत प्रदेश पाँच सरकारले कोरोना संक्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश सरकार अन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजेट स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ...
बागलुङ बाढी : १२ जनाको शव निकालियो, ४१ बेपत्ता
बागलुङ बाढी : १२ जनाको शव निकालियो, ४१ बेपत्ता बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा १२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दा सम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
रोटर्‍याक्ट क्लव पाल्पाद्वारा विपन्नलाई राहत
रोटर्‍याक्ट क्लव पाल्पाद्वारा विपन्नलाई राहत जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटर्‍याक्ट क्लव अफ पाल्पा तानसेनले विपन्न परिवारका नागरिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । क्लवले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण पटक–पटक भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीका चलाउदै आएका विपन्न परिवारका लागि राहत वितरण गरेको हो ।
कोराना विजेतालाई पुष्पगुच्छा
कोराना विजेतालाई पुष्पगुच्छा समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रम्भा–३, पीपलडाँडाका ३० वर्षिय युवामा संक्रमण देखिएको हो ।
निजी प्राविधिक शिक्षालयहरु आन्दोलित
निजी प्राविधिक शिक्षालयहरु आन्दोलित चिकित्सा शिक्षा आयोगको गत साउन ३० मा बसेको बैंठकले शैक्षिक सत्र ०७७/०७८ देखि निजी प्राविधिक शिक्षलयहरुले सी.एम.ए, अनमी, ल्याब असिसटेण्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रमहरु सञ्चालन गर्न नपाउने निर्णय गरेपछि शिक्षालयहरु आन्दोलित भएका छन् । उक्त कार्यक्रम नविकरण तथा भर्ना प्रक्रियालाई अगाडि बढाइदिनुहुन र स्तरोन्नतीका प्रक्रिया प्रारम्भ गराइदिनुहुन देशै भरका...
बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता
बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पाल्पाको तिनाउमा ढुंगाले लागेर घाइते भएकी बालिकाको मृत्यु
पाल्पाको तिनाउमा ढुंगाले लागेर घाइते भएकी बालिकाको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगाले लागेर घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको मृत्यु भएको छ । अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी बालिकाको उपचारको क्रममा बिहीबार विहान मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा ट्रक दुर्घटनामा एकको मृत्यु
पाल्पाको रामपुरमा ट्रक दुर्घटनामा एकको मृत्यु जिल्लाको रामपुरमा ट्रक दुर्घटना भएको छ । रामपुर नगरपालिका टुनीभञ्ज्याङ्गमा बुटवलबाट रामपुर आउँदै गरेको ०३००१००७१ नम्बरको मिनिट्रक आज विहान दुर्घटना भएको हो ।
कृषिमा परनिर्भरता घटाऊ
कृषिमा परनिर्भरता घटाऊ कृषिमा व्यवसायीकरण र विविधीकरणको अभाव, कृषि सामग्रीको उचित बन्दोबस्ती, वास्तविक किसानसँग जमिन अभाव र कृषि कर्म गर्ने जनशक्तिको अभावका कारण परनिर्भरता बढेको देखिन्छ । कुनैबेला धान–चामल निकासी गर्ने नेपाल रायोको सागदेखि पीठोसम्म आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।
विकासका नाममा मासिदै बर–पिपल
विकासका नाममा मासिदै बर–पिपल विकास अहिले नेपाली राजनीतिको मुख्य भाष्य बनेको छ । सरकार चलाउने हरेकले प्रत्येक पटक विकास र समृद्धि उच्चारण गर्न थालेका छन् ।
Weather Update