
रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा पनि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्ती मनाईएको छ । नेपाल तरुण दल गुल्मीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्ती एक कार्यक्रमका बिच मनाएको हो । तरुणदलले कोरोना भाइरस (कोभिड(१९) लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै जन्मजयन्ती मनाएको छ । महामारीका कारण सभा समारोहको संभावना छैन, त्यसैले थोरै व्याक्ति सामाजिक दुरी कायम गरेर बीपीको जन्मजयन्ती मनाइएको तरुदलले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले सबै नेता तथा कार्याकर्ताले जनताको भावना र ईच्छालाई आत्मासाथ गरेर काम गर्न आग्रह गरेका छन् । उनीहरुले नेपाली काँग्रेस बीपीको विचारमा हिड्न नसकेनको बताएका छन् ।
नेपाली काँग्रेसका नेता र कार्याकर्तालाई बीपीको बिचारलाई आँकलन गरी स्वतन्त्र राजनिति र आर्थिक समनतामा लाग्न समेत उनीहरुले आग्रह गरेका छन् । बीपी कोइरालाले कल्पना गरेको समाज बन्न नसकेको कार्यक्रममा सहभागीले आरोप लगाएका छन् । उनीहरुले गरिबले न्याय पाउँन सकेका छैनन, गरिबले पढ्न पाउँन सकेका छैनन, त्यसैले वीपीले देखाएको बाटो नभुल्न सबै नेता तथा कार्याक्रतालाई आग्रह गरे ।
नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, उपसभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, कोषाध्यक्ष हरि केसी, महासमिति सदस्य शालिक पन्थी, श्रीप्रसाद भलामी, थम्मन केसी, झविन्द्र बिक, क्षेत्रिय सभापति भगवतसिंह खड्का, नेपाल महिला संघका जिल्ला सभापति लक्ष्मी पाण्डे, दलित संघका जिल्ला सभापति लुमबहादुर श्रीपाली, नेपाल किसान संघका जिल्ला सभापति मुकुन्द भण्डारी, आधिकारि ट्रेड युनियनका संस्थापक जिल्ला अध्यक्ष जयश्वर पन्थी, नेपाल प्रेस युनियनका जिल्ला सभापति रेशम कुवँर, नेपाल तरुण दल रेसुङ्गा नगर सभापति कृष्ण पाण्डे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल तरुण दलका सभापति भरत भलामीको सभापतित्व तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य सुर्दशन खनालको स्वागत, कांँग्रेस गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।