Shittalpati
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका जिल्लामा थप १६ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते नेपालमा कोरोना निको भएर घर फर्किनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा एक कैदीको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा एक कैदीको मृत्यु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घाखाँचीका एक कैदीको मृत्यु भएको छ । अर्घाखाँची कारागारका कैद भुक्तानी गरिरहेका ४६ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ ।
‘पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’
‘पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’ गत असार ६ र १८ गते इस्मा गाउँपालिका– १, २, ४ र ६ का विभिन्न ठाउँमा ठूलो पहिरो गयो । पहिरामा पुरिएर वडा नम्बर १ मल्दी र ढाडपाटमा एक/एक गरी दुई जनाको ज्यान गयो ।
डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण
डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।
गुल्मीमा कोरोना कहरका बिच पनि पुल निर्माण निरन्तर, २१ पुल मध्ये चारवटा सकियो
गुल्मीमा कोरोना कहरका बिच पनि पुल निर्माण निरन्तर, २१ पुल मध्ये चारवटा सकियो विश्वभर फैलिएको कोभिड–१९ का बिच पनि जिल्लामा पुल निर्माणको काम निरन्तर चलिरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले बेला–बेलामा गरेको बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम राख्दै पुल निर्माणको कार्यले निरन्तरता पाएको हो ।
अलपत्र नागरिकको छिटो उद्दार गर
अलपत्र नागरिकको छिटो उद्दार गर कोरोना भाइरसका कारण धेरै नेपालीहरु विदेशमा अलपत्र अवस्थामा रहेका छन् । तर वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्रमा ठूलोे टेवा दिएका ति नेपालीहरु रोजगारसमेत गुमाइ अत्यन्त जोखिम, अस्वस्थ, असुरक्षित अवस्थामा रहेका बेला उनीहरुको उद्दारमा नेपाल सरकार उदासिन देखिएको छ ।
पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई यसरी सम्झियो
पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई यसरी सम्झियो जिल्लामा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई भर्चुअलमार्फत सम्झिएको छ । श्रेष्ठको १३ औं दिनको पुण्य तिथीको अवसरमा समाजले भर्चुअल मार्फत श्रद्धाञ्जली सभाको आयोजना गरी सम्झिएको हो ।
पाल्पामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
पाल्पामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु जिल्लामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । रम्भा गाउँपालिका ५ मुडुलिचौपारी स्थित आर्यभञ्ज्याङमा जिपको ठक्करबाट पैदल यात्री सोही स्थानका ६० वर्षका भुपाल सिंह रानाको मृत्यु भएको हो ।
संक्रमित निको हुने दर बढ्दै, एकै दिन १५ सय ६६ डिस्चार्ज
संक्रमित निको हुने दर बढ्दै, एकै दिन १५ सय ६६ डिस्चार्ज नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । शनिबार मात्र एकै दिन एक हजार पाँच सय ६६ जना डिस्चार्ज भएका छन् ।
माथागढीका एक सय ३२ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’
माथागढीका एक सय ३२ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ जिल्लाको माथागढी गाउँपालिकामा केही दिन अघि समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एक सय ३२ जनाको पिसिआर ‘रिपोर्ट नेगेटिभ’ आएको छ । 
Weather Update