शिक्षाको विकल्प
मंगलबार, भदौ २३, २०७७
प्रदेश पाँचका दुई सय ५९ प्रहरी कारबाहीमा
मंगलबार, भदौ २३, २०७७
गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँच बाट दुई सय ५९ प्रहरी कारबाहीमा परेका छन् । प्रहरीको आचरण, नीति र नियम विपरीत काम गर्नेलाई कारबाही गरिएको हो ।
धर्मचक्र बौद्ध युवा संघको सातौँ अधिवेशन
सोमबार, भदौ २२, २०७७
धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार, तानसेनको सातौँ अधिवेशन भएको छ । कोरोना महामारीका बिच औपचारिक कार्यक्रमको आयोजना गरी अधिवेशन भएको हो ।
रैनादेवी छहरा सरकारले शिक्षकको कोरोना बिमा गरिदिने
सोमबार, भदौ २२, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले शिक्षकहरुको कोरोना बिमा गरिदिने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीका बेलामा पनि सेवाप्रवाह गरिरहेका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा शिक्षिकाहरुको कोरोना बिमा गरिदिने भएको हो ।
पाल्पामा समुदायस्तरमा संक्रमित भेटिएपछि स्थानीय तह बन्द
सोमबार, भदौ २२, २०७७
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु धमाधम देखिन थालेका छन् । एक सातादेखि लगातार समुदायमा कोरोना संक्रमित पुष्टि भइरहेका छन् । पाल्पामा विदेश तथा अन्य संक्रमित स्थानबाट नआएकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा संक्रमित बढ्दै गएपछि यहाँका केही स्थानीय तहले आफ्ना क्षेत्रमा धमाधम बन्द गर्न थालेका छन् ...
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द
सोमबार, भदौ २२, २०७७
जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतवार साँझ र सोमवार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिलामा संक्रमण देखिएको स्वास्थ्य...
गुल्मीमा कुटपिटबाट युवकको मृत्यु
सोमबार, भदौ २२, २०७७
जिल्लाको इस्मा गाउँपालिका–१ हस्तिचौरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । इस्मा २ हस्तिचौरका २३ वर्षीय मोतीबहादुर कुँवरको कुटपिटबाट मृत्यु भएको हो ।
निषेधाज्ञा हटेसँगै खुल्यो बजार, भएन व्यापार !
सोमबार, भदौ २२, २०७७
जिल्लामा दुई हप्तादेखि जारी निषेधाज्ञा हटेसँगै चहपहल सुरु भएको छ । पसल, रेष्टुरेण्ट, होटल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरु खुलेका छन् ।
युवाहरूको असन्तुष्टि
सोमबार, भदौ २२, २०७७
गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्न लागेका युवा र सुरक्षाकर्मीबीच ललितपुरको पुल्चोकमा भएको भिडन्त सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ । स्वःस्फूर्त रूपमा मच्छिन्द्रनाथको रथ तान्न आइपुगेका युवालाई रोक्न खोज्दा प्रहरी र युवाहरूबीच झडप भयो ।
एसइई विद्यार्थीका लागि एनसेलको माइफाइभ सेवा निःशुल्क
सोमबार, भदौ २२, २०७७
एसइई दिएका विद्यार्थीका लागि एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले माइफाइभ सेवा निःशुल्क दिएको छ । कम्पनीले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।


