Shittalpati
बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना
बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना बीपी स्मृति पुस्तकालयको स्थापना गरिएको छ । १०७ औं विपी जयन्तीको अवसरमा पाल्पा काँग्रेसले तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले उद्घाटन गरेका हुन् ।
निजामती दिवसको सान्दर्भिकता
निजामती दिवसको सान्दर्भिकता जबसम्म कर्मचारीतन्त्र चुस्तदुरुस्त, सहज र सरल हुँदैन तबसम्म सरकारका परियोजना र कार्यक्रमहरू सफल हुन सक्दैनन् । तसर्थ कर्मचारीलाई आफ्नो कामप्रति कर्तव्यनिष्ठ र सेवा वितरण प्रणालीलाई पारदर्शी बनाउन सके मात्रा कर्मचारीतन्त्रको छवि सुन्दर हुन सक्छ ।
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी जिल्लास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी मावि रामपुरकी रविना ढकाल विजयी भएकी छिन् । ‘कोरोना कहर, हाम्रो शिक्षा र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई उछिन्दै रविना विजय भएकी हुन् ।
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै पछिल्ला केही दिन यता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो ।
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
नेपाल बार एशोसिएशनले ‘विपद् राहत कोष’ स्थापना गर्ने
नेपाल बार एशोसिएशनले ‘विपद् राहत कोष’ स्थापना गर्ने नेपाल बार एशोसिएशनले कोभिड–१९ का कारण दैनिक जीवनयापन गर्न मुस्किल परेका कानुन व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले विपद् राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । बारको यही भदौ २१ गतेको बैठकले तत्काल आर्थिक सहयोग अत्यावश्यक परेका कानुन व्यवसायीलाई सहयोग गर्न आर्थिक सहयोग गर्न सक्ने कानून व्यवसायीले विपद् राहत कोषमा रकम...
बैंकका शाखा खुला राख्न निर्देशन
बैंकका शाखा खुला राख्न निर्देशन नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले...
केही दिन वर्षाको क्रम बढ्ने : बाढीरपहिरोको सम्भावना
केही दिन वर्षाको क्रम बढ्ने : बाढीरपहिरोको सम्भावना आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।
प्रहरीलाई कुट्ने तीन युवा माथि मुद्दा दर्ता
प्रहरीलाई कुट्ने तीन युवा माथि मुद्दा दर्ता जिल्लाको रामपुरमा मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने तीन यूवाहरु माथि मुद्दा दर्ता गरिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा युवाहरु माथि मुद्दा दर्ता गरिएको हो ।
कोरोना सङ्क्रमितको उपचार निःशुल्क
कोरोना सङ्क्रमितको उपचार निःशुल्क जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।
समावेशी र नेपाली काँग्रेसको विधान
समावेशी र नेपाली काँग्रेसको विधान अहिलेको समाजमा हामी सबैको आवश्यकता भनेको समावेशी हो भन्ने कुरामा कही कतै पनि विमति छैन । समावेशी भन्नाले विविधता विचको एकता हो । अर्को अर्थमा समावेशी भनेको विविधताहरुको पहिचान हो ।
Weather Update