Shittalpati
पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि
पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा पाल्पामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई आइतबार प्राप्त विवरण अनुसार २ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग
सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित...
रोजगार गुम्दा दसैँ पीडादायी
रोजगार गुम्दा दसैँ पीडादायी लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन् । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन्...
माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम
माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम माथागढी गाउँपालिका १ चिदीपानीकी २५ वर्षीय कविता सारु नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी पुगिन् । गर्भ परीक्षण गराई घर फर्किने क्रममा उनलाई स्वास्थ्यकर्मीले हातमा अण्डा थमाइदिए । सुरुमा त उनलाई अचम्म लाग्यो । तर पछि उनलाई स्वयमसेविकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराए वापत गाउँपालिकाले अण्डा उपहार दिने बताएपछि...
कुमारी बैंकले ल्यायो नयाँ कर्जा सुविधा
कुमारी बैंकले ल्यायो नयाँ कर्जा सुविधा कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि नयाँ कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
पाल्पामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाल्पामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज
नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । यससँगै देशभर कूल संक्रमित मध्ये १ लाख ३१ हजार २ सय २२ संक्रमणमुक्त भएका छन् ।
अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी
अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।
तिहारमा भारतबाट फूल नल्याइने
तिहारमा भारतबाट फूल नल्याइने बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ ।
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।
आज विश्व शहरीकरण दिवस मनाइदैं
आज विश्व शहरीकरण दिवस मनाइदैं आज विश्व शहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइने गरिन्छ ।
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।
Weather Update