बाबुले गराइदिए छोराको चौरासी पूजा
शुक्रबार, कात्तिक १४, २०७७
बुटवलमा कोरोना संक्रमितको मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि
शुक्रबार, कात्तिक १४, २०७७
छिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शुक्रबार प्राप्त विवरण अनुसार ८ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बिहीबार सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका–३ भुजुङकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ मृत्यु भएको हो ।
रामपुरमा फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन
शुक्रबार, कात्तिक १४, २०७७
अव्यवस्थित रुपमा फालिएका फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी रामपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । विसं २०७६ पुष ५ गते राससमा ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरुप फोहोरजन्य पदार्थलाई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य गरिएको छ ।
कोजाग्रत पूर्णिमा र दसैँको समापन
शुक्रबार, कात्तिक १४, २०७७
आजबाट दसैँको औपचारिक अन्त्य गरिदै छ । दसैँको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो दुर्गापक्षको समापनसँगै दसैँलाई अर्को वर्षसम्मका लागी विदाई गरिदै छ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउने छन् ।
आज रातभर जाग्राम बसेर दसैँको समापन गरिँदै
शुक्रबार, कात्तिक १४, २०७७
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शुक्रबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
गुल्मीमा गैरदलितले लगाए दलितको हातबाट टीका
शुक्रबार, कात्तिक १४, २०७७
नेपाली समाजमा दलित भन्ने बित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खान मान्दैनन् ।
तानसेनमा टिपरले बसलाई ठक्कर दिदा बसमा सवार ८ घाइते
बिहीबार, कात्तिक १३, २०७७
पाल्पाको तानसेन नगरपालिका ७ स्थित सिद्धार्थ राजमार्गमा टिपरले बसलाई ठक्कर दिएको छ । विहिबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्वरको टिपरले विपरीत दिशाबाट आउदै गरेको लु १ ख ९९८२ नम्वरको बसलाई ठक्कर दिएको हो ।
तानसेनका थप ४ जनामा कोरोना पुष्टि
बिहीबार, कात्तिक १३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पा तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।
नेपालको कृषि विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
बिहीबार, कात्तिक १३, २०७७
ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सिर्जना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय...
विषादी सेवनबाट तीनको मृत्यु
बिहीबार, कात्तिक १३, २०७७
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा विषादी सेवनबाट तीन जनाको मृत्यु भएको हो ।


