Shittalpati
कुमारी बैंकले ल्यायो नयाँ कर्जा सुविधा

पाल्पा । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि नयाँ कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकमा विभिन्न तलब खाता सञ्चालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकि·बाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात मिलाउने झन्झट नरहेको बैंकले जनाएको छ । ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने जनाएको छ ।

आफ्ना देशव्यापी १ सय ८४ शाखा–सञ्जाल, १ सय ४४ एटिएम, २१ शाखारहित बैंकि इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update