Shittalpati
आज विश्व शहरीकरण दिवस मनाइदैं

पाल्पा । आज विश्व शहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइने गरिन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख शहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो ।

शहर भन्ने बित्तिकै सबैको मनमा ‘सुविधा सम्पन्न संसार’ आउँछ । शहर ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग, र संचारको लागि व्यापक सुविधायुक्त जगत हो । शहरीकरण भन्नाले एक स्मार्ट सिटि हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, सामाजिक, आर्थिक, राजनैतिक जगतको स्थापना गर्नु पनि हो । शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, देश र शहरहरु बीचको सहयोग बढाउन र शहरी विकासको लागि योगदान पु¥याउन विश्व शहरीकरण दिवस मनाइने गरिएको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update