एनसेलको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि
शनिबार, मंसिर १३, २०७७
शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज
शुक्रबार, मंसिर १२, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार दुई सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमसेन्टरमा रहेका संक्रमितहरु शुक्रबार डिस्चार्ज भएका हुन् ।
गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु भएका दुई नेपाली सेना सहित एकै गाउँका ६, गाउँ नै शोकमा
शुक्रबार, मंसिर १२, २०७७
गुल्मीको इस्मा गाउँपालिकाको हुलमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।
गाउँपिच्छे सडकः छैनन् पुल
शुक्रबार, मंसिर १२, २०७७
वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् ।
‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’
शुक्रबार, मंसिर १२, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको संकट भएको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शुक्रबार शिलान्यास गर्दै उनले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका...
गुल्मीमा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर घाँस काट्दै गरेकी महिलाको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७
गुल्मीमा जेसिबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ३ हाड्हाडेमा सडक विस्तार गर्ने क्रममा पल्टिएको ढुङ्गाले लाग्दा महिलाको ज्यान गएको हो ।
सडक कालोपत्रे गर्न सिद्धार्थ राजर्माग दैनिक ४ घण्टा बन्द गरिने
शुक्रबार, मंसिर १२, २०७७
सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा पुनः बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
भतिजको कुटाइबाट काकाको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
पाँच सयको सामानमा अढाइ लाख जरिवाना
शुक्रबार, मंसिर १२, २०७७
भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले ५ सय मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा...
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७
जिल्लाको रामपुर नगरपालिका ३ रजघरामा कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ । रामपुर ३ रजघराका दामोदर देवकोटाको २ वर्षका छोरा बोधराज देवकोटाको आफ्नै घर आगनमा खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो ।
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो
शुक्रबार, मंसिर १२, २०७७
गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार विहान इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा घाइते भएका हुलका १९ वर्षीय फर्सुराम थापाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।
सर्वसम्मत नेतृत्व चयन होस्
शुक्रबार, मंसिर १२, २०७७
कोरोना कहरका बिच पनि उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महासंघ हाँक्ने नयाँ समिति चयन बिहीबारदेखि सुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट भएकोे छ ।
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
शुक्रबार, मंसिर १२, २०७७
देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो ।


