तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति
आइतबार, मंसिर ७, २०७७
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि
आइतबार, मंसिर ७, २०७७
पाल्पामा थप ३८ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार र आइतबार प्राप्त विवरण अनुसार माथागढीका २ जना, रामपुर नगरपालिकाका ३ जना, रैनादेवी छहराका १ जना, रम्भाका ३ जना, बगनासकालीका २ जना, तिनाउका ४ जना, निस्दीका १ जना र तानसेनका २२ जना गरी ३८ जना संक्रमणमुक्त भएका...
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै
आइतबार, मंसिर ७, २०७७
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित
आइतबार, मंसिर ७, २०७७
सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय गुल्मीले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/७६ मा पनि सबैभन्दा बढी कर तिर्ने जयराम हार्डवयर सेन्टर तम्घासका व्यवस्थापक रामप्रसाद पन्थीलाई सम्मान गरेको हो...
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो
आइतबार, मंसिर ७, २०७७
पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
विद्यालय खोल्दा सावधानी अपनाऔं
आइतबार, मंसिर ७, २०७७
कोरोना भाइरस (कोभिड—१९) को कारण बन्द रहेका विद्यालय सञ्चालन गर्नसक्ने अधिकार स्थानीय तहलाई तोकिएपछि धमाधम विद्यालय खोल्ने तयारी अघि बढेको देखिन्छ । केही स्थानीय तहहरुले ९ महिनादेखि बन्द रहेका विद्यालय खोलेका छन् भने केहीले खोल्ने तयारी थालेका छन् ।
लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’
शनिबार, मंसिर ६, २०७७
लुम्बिनी प्रदेशका १४ सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन ब्राण्ड) प्राप्त गरेका छन् । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेका प्रदेशका १४ सहकारीले उक्त ब्राण्ड प्राप्त गरेका हुन् ।
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व
शनिबार, मंसिर ६, २०७७
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि शनिबार सकिएको हो ।
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै
शनिबार, मंसिर ६, २०७७
जन्मभूमि प्रतिको माया कसलाई लाग्दैन र ? माया मात्रै होइन, सुदुर गुल्मी कालीगण्डकी गाउँपालिका ७ भुर्तङ्गमा जन्मिएका युवाहरुले रुपन्देहीबाट सहकार्य गर्दै नयाँ सोंचको विकासका लागि नौलो अभियान शुरु गरेका छन् ।
पर्यटकको पर्खाईमा लुम्बिनी
शनिबार, मंसिर ६, २०७७
कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित
शनिबार, मंसिर ६, २०७७
पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शुक्रबारसम्म १९ जनाको मृत्यु भएको छ । बिहीबार राती रामपुर नगरपालिका–५ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
आज विश्व टेलिभिजन दिवस मनाइदै
शनिबार, मंसिर ६, २०७७
विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।


