Shittalpati
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि

पाल्पा । पाल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने २१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार साझाँ स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार बगनासकाली गाउँपालिका १ की ६९ वर्षिया महिलाको निधन भएको हो । उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको बताइएको छ । योसँगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

यस्तै शुक्रबार जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जना महिला र ९ जना पुरुष गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कूल संक्रमितको संख्या एक हजार पाँच सय ३० पुगेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update