Shittalpati
पाल्पामा नेपाल नागरिक अभियान गठन

पाल्पा । पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।

अभियानले पदाधिकारी सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्वत रुपमा गठन गरेको छ । सनातन हिन्दु राष्ट्र कायम गर्नु र राजसंस्था सहितको प्रजातन्त्र स्थापितका लागि अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ । यस्तै मुलुकभर बढ्दै गइरहेको भ्रष्टाचार र बेथिति न्यूनिकरणका लागि पनि अभियानले दबाबमूलक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update