‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई
बुधबार, मंसिर १०, २०७७
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
बुधबार, मंसिर १०, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...
बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि
बुधबार, मंसिर १०, २०७७
पाल्पामा तानसेनका थप १८ जनासहित पाल्पाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबारबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
ट्याक्सी दुर्घटनामा चालकको निधन
बुधबार, मंसिर १०, २०७७
ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।
उखु किसानले अझै पाएनन् भुक्तानी
बुधबार, मंसिर १०, २०७७
जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए ।
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाईते
बुधबार, मंसिर १०, २०७७
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, चहलासिमलमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार साँझ पराल बोकेर चहलातर्फ आउँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रैनादेवी छहरा–६, का १९ वर्षीय रमन भट्टराईको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि
बुधबार, मंसिर १०, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरिँदै
बुधबार, मंसिर १०, २०७७
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारी थालेको छ । आर्थिक वर्षको सुरु भएको साढे ४ महिना पुग्न लाग्दा राष्ट्र बैंकले त्रैमासिक समीक्षाका लागि आन्तरिक गृहकार्य थालेको हो ।
आजदेखि महिला हिंसा अन्त्यका लागि दिवस सुरु
बुधबार, मंसिर १०, २०७७
हरेक वर्षको २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न महिला हिंसा अन्त्यका लागि दिवस मनाउने गरिन्छ । यो वर्ष नोभेम्बर २५ आजदेखि डिसेम्बर १० अर्थात् मंसिर १० गतेदेखि २५ गते सम्म यो दिवस मनाइने भएको छ ।
घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा
मंगलबार, मंसिर ९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त
मंगलबार, मंसिर ९, २०७७
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानका ३० पुरुष र १३ जना महिला कोरोना संक्रमण मुक्त भएका हुन् ।
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
मंगलबार, मंसिर ९, २०७७
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


