किसानलाई घाँसको बीउ वितरण
मंगलबार, मंसिर ९, २०७७
कृषि तथा वनजन्य उद्योगमा आकर्षण
मंगलबार, मंसिर ९, २०७७
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कृषि तथा वनजन्य उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
मंगलबार, मंसिर ९, २०७७
आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।
हट्दै मालपोतको झन्झट र अपारदर्शिता
मंगलबार, मंसिर ९, २०७७
मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगी जस्ता कुराले मालपोत कार्यालय लामो समयदेखि सेवाग्राहीका बीचमा बदनाम छ तर पछिल्लो समय प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसाथ गर्न थालेपछि उल्लेख्य सुधार आएको...
मुक्तिनाथलाई ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड’
मंगलबार, मंसिर ९, २०७७
मुक्तिनाथ विकास बैंकले ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ प्राप्त गर्न सफल भएको छ । लक्जमवर्गमा आयोजित प्रतियोगितामा नेपालबाट मुक्तिनाथ विकास बैंक उत्कृष्ट ३ मा पर्न सफल भएसँगै ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड प्राप्त गर्न सफल भएको हो ।
देशभर कक्षा १२ को परीक्षा सुरु, ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह
मंगलबार, मंसिर ९, २०७७
कोरोना महामारीका बीच आजदेखि देशभर कक्षा १२ को परीक्षा हुँदै छ । कोभिड–१९ का कारण स्थगित परीक्षा आजविहान ८ बजेदेखि सञ्चालन हुन लागेको हो ।
कोदो संरक्षणमा ध्यान देऊ
मंगलबार, मंसिर ९, २०७७
कोदो एक ठाडो घाँस जातीय एकवर्षे बाली हो । यो मानिसका लागि अत्यन्त लाभदायिक र पौष्टिक तत्वका रुपमा रहेको छ । तर पछिल्लो समय किसानहरुले यसको खेती गर्न छोडेकाले लोप हुँदै गएको छ ।
छुट्टाछुट्टै घटनामा पाल्पाका दुई युवकको मृत्यु
मंगलबार, मंसिर ९, २०७७
पाल्पा र बुटवलमा भएका छुट्टाछुट्टै घटनामा पाल्पाका दुई युवकको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ, भने टिपरले मोटरसाईकललाई ठक्कर दिँदा बुटवलमा अर्को एक युवकको मृत्यु भएको हो ।
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना, दुई घाइते
सोमबार, मंसिर ८, २०७७
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना भएको छ । आज (सोमबार) साझाँ रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छाडी फर्कने क्रममा लु १ ज २१६३ नं.को जिप दुर्घटना भएको हो ।
मंसिर १० देखि माथागढीका विद्यालय खुल्ने
सोमबार, मंसिर ८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंसिर १० देखि सञ्चालन हुने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।
सोमबार पाल्पामा थप १० जनामा कोरोना पुष्टि
सोमबार, मंसिर ८, २०७७
पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेसबाट सांसद बनेका पाण्डेले लिए सपथ
सोमबार, मंसिर ८, २०७७
पाली कांग्रेसबाट नवनिर्वाचित मोहनप्रसाद पाण्डेले संघीय सांसदको पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटामार्फत पाण्डेले सपथ लिएका हुन् ।


