नवजनचेतना राष्ट्रिय दैनिक २०७७ मंसिर ७ गते आइतबार
आइतबार, मंसिर ७, २०७७
लुम्बिनी प्रदेशका १४ सहकारीले पाए ‘प्रोबेसन ब्राण्ड’
शनिबार, मंसिर ६, २०७७
लुम्बिनी प्रदेशका १४ सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन ब्राण्ड) प्राप्त गरेका छन् । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेका प्रदेशका १४ सहकारीले उक्त ब्राण्ड प्राप्त गरेका हुन् ।
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व
शनिबार, मंसिर ६, २०७७
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि शनिबार सकिएको हो ।
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै
शनिबार, मंसिर ६, २०७७
जन्मभूमि प्रतिको माया कसलाई लाग्दैन र ? माया मात्रै होइन, सुदुर गुल्मी कालीगण्डकी गाउँपालिका ७ भुर्तङ्गमा जन्मिएका युवाहरुले रुपन्देहीबाट सहकार्य गर्दै नयाँ सोंचको विकासका लागि नौलो अभियान शुरु गरेका छन् ।
पर्यटकको पर्खाईमा लुम्बिनी
शनिबार, मंसिर ६, २०७७
कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित
शनिबार, मंसिर ६, २०७७
पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शुक्रबारसम्म १९ जनाको मृत्यु भएको छ । बिहीबार राती रामपुर नगरपालिका–५ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
आज विश्व टेलिभिजन दिवस मनाइदै
शनिबार, मंसिर ६, २०७७
विश्व टेलिभिजन दिवस आज विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।
अभिशापी भ्रमण (लघु कथा)
शनिबार, मंसिर ६, २०७७
करिब सत्ताइस वर्ष अगाडि प्रकाशले गाउँको एक विद्यालयमा कक्षा नौमा पढ्थ्यो । शैक्षिक भ्रमणको योजना थियो । साथीहरू भ्रमण स्थल रोज्दै थिए । बढी पैसा लैजाने योजना बुन्दै थिए कोही त । माघे चिसो ज्यादा थियो । प्रकाश एकसरो कमिजमा थुर्थुर काम्दै कुनामा बसेको थियो । पहिलो घण्टी बज्यो ।
चितुवाको छालासहित ४ जना पक्राउ
शुक्रबार, मंसिर ५, २०७७
चितुवाको छालासहित ४ जना पक्राउ परेका छन् । बुटवल प्रहरीले बुटवल ९ स्थित एक रेष्टुरेण्टबाट चितुवाको छालासहित ४ जना पक्राउ गरेको हो ।
प्रहरीले बुट
लायन्स क्लव अफ पाल्पा भैरवको गठन, अध्यक्षमा बस्याल
शुक्रबार, मंसिर ५, २०७७
जिल्लामा क्रियाशिल युवाहरुको सक्रियतामा लायन्स क्लव अफ पाल्पा भैरवको गठन गरिएको छ । लायन्स क्लव अफ बुटवल सेन्ट्रोलको सौजन्यमा क्लवको गठन गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : गुल्मीमा दुई हजार बढिले पाए रोजगार
शुक्रबार, मंसिर ५, २०७७
गुल्मी जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ हजार बढिले रोजगार पाएका छन् । जिल्लाका २ नगरपालिका र दश गाउँपालिकाका २ हजार ४३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका हुन् ।
तीस वर्षमै विद्यावारिधि
शुक्रबार, मंसिर ५, २०७७
हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।
पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, मंसिर ५, २०७७
पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार र शुक्रबार प्राप्त विवरण अनुसार १५ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।


