पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
शुक्रबार, मंसिर ५, २०७७
सैनामैनाका कृषकलाई मौरीका घार
शुक्रबार, मंसिर ५, २०७७
रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवद्र्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० घार वितरण गरिएको हो ।
अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै
शुक्रबार, मंसिर ५, २०७७
आज विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइदैछ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन लागेका हुन् ।
बाल दिवसको औचित्य
शुक्रबार, मंसिर ५, २०७७
प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ । सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकार सम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरूवात भयो ।
आज देशभर छठ पर्व मनाइदै
शुक्रबार, मंसिर ५, २०७७
तिहारको समापनसंगै छठपर्व अर्थात् सूर्यको पर्व देशभर आज मनाइदैछ । षष्ठी तिथिका दिन बेलुका अस्ताउदो सूर्यलाई अघ्र्य दिएर यो पर्व मनाउन लागिएको हो । यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।
अव्यवस्थित पार्किङ्ग र सडकले तानसेन कुरुप बन्दै गएपछि सरोकारवालाको चासो
बिहीबार, मंसिर ४, २०७७
तानसेनमा अव्यवस्थित पार्किङ्ग र सडकलाई व्यवस्थित गरिने भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजारका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने, सडकपेटी र सडक छेउमा पसलहरु राख्नले नगर क्षेत्र नै कुरुप देखिन थालेपछि यसलाई व्यवस्थित गर्न थालिएको हो ।
लुम्बिनीमा पर्यटकको चहलपहल
बिहीबार, मंसिर ४, २०७७
कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र खुला गरिएसँगै पर्यटकहरुको चहलपहल सुरु भएको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन
बिहीबार, मंसिर ४, २०७७
गुल्मीको रेसुङ्गा नगरपालिकाले मंसिर १३ गतेसम्मकम लागि लकडाउन गर्ने घोषणा गरेको छ । नगरमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा फैलिदै गएपछि नगर सरकारले मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको हो ।
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने
बिहीबार, मंसिर ४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए ।
आफ्नै समस्या लेख्दैनन् पत्रकार
बिहीबार, मंसिर ४, २०७७
भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च, उपलब्धी कम
बिहीबार, मंसिर ४, २०७७
पाल्पा र गुल्मीका अधिकांश स्थानीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने जस्ता काममा खर्चेका छन् । स्वयंसेवकबाट निःशुल्क हुने काममा पनि राज्यकोषबाट करोडौं खर्च गरेर कार्यकर्तालाई पोस्ने काम भइरहेको भन्दै यो कार्यक्रमको आलोचना हुँदै आएको छ ।
शौचालय दिवसको सार्थकता
बिहीबार, मंसिर ४, २०७७
आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शौचालय वा सरसफाईको अभावले मानिसको जीवनयापनमा पुर्याउने असरमा केन्द्रित रहेर हरेक वर्ष १९ नोभेम्बरमा यो दिवस मनाइने गरिन्छ ।


