Shittalpati
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट भातृ संगठनहरुले संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतका संगठनहरुले तानसेनको आन्दोलन चोकमा पुत्ला दहन गरेका हुन् ।
पाल्पाको निस्दीमा एक पुरुष मृत अवस्थामा फेला
पाल्पाको निस्दीमा एक पुरुष मृत अवस्थामा फेला जिल्लाको निस्दी गाउँपालिका ५ ढुङ्गानाबेसीस्थित खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार साँझाको समयमा स्थानीय ४२ वर्षीय कृष्णबहादुर सोती मृत अवस्थामा फेला परेका हुन् ।
‘विद्यार्थीहरुको  सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’
‘विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’ जिल्ला समन्य समिति पाल्पाका कार्यवाहक सभापति मीरा मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै पक्ष एक जुट हुनुपर्ने बताएकी छन् । रुम टु रिड नेपाल र बेस नेपालले भर्चुअलमार्फत आयोजना गरेको साक्षरता कार्यक्रम हस्तान्तरणमा बोल्दै मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्नका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार, गैर सरकारी संस्था र...
सरकारले दूरगामी महत्वका काम गरेको छ :  प्रधानमन्त्री (पूर्ण पाठसहित)
सरकारले दूरगामी महत्वका काम गरेको छ : प्रधानमन्त्री (पूर्ण पाठसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनअनुमोदित नेकपाको वर्तमान सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने...
पेशाबाट पलायन हुँदै पत्रकार
पेशाबाट पलायन हुँदै पत्रकार नेपाल पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन् । हाल उनी मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् ।
प्रधानमन्त्रीको सम्बोधन ३ बजे
प्रधानमन्त्रीको सम्बोधन ३ बजे धानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि...
प्रतिनिधिसभा विघटन, देशभर विरोध
प्रतिनिधिसभा विघटन, देशभर विरोध राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
एनसेलले ल्यायो  ‘दामी क्यास ब्याक’
एनसेलले ल्यायो ‘दामी क्यास ब्याक’ एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘दामी क्यास ब्याक’ योजना ल्याएको छ । कम्पनीले क्रिसमस तथा नयाँवर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि उक्त योजना ल्याएको हो ।
यातायातमा लापरवाही
यातायातमा लापरवाही कोरोना भाइरसको जोखिम कायमै रहेको छ । सार्वजनिक यातायात निर्वाध रुपमा गुडेका छन् । जसले गर्दा आवत–जावत गर्न जोखिमपूर्ण बनेको छ ।
माथागढीको सिमलधारामा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी
माथागढीको सिमलधारामा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी जिल्लाको माथागढी गाउँपालिकाको सिमलधारामा पहिलो पटक बस पुगेको छ । खहरे,फेदी, ज्यामिरे, दान्सिङ्गा, गोफादी हुँदै गढीबारी सिमलधारामा पहिलो पटक बस पुगेको हो । गाउँमा बस पुगेपछि स्थानीय खुसी भएका छन् । उनीहरुले बस पुर्‍याउन सहयोग गर्ने माथागढी गाउँपालिका, ४ का वडा अध्यक्ष मधु पराजुली,बस धनी सुदर्शन रायमाझी, अनिल थापा र...
Weather Update