Shittalpati
पाल्पाको निस्दीमा एक पुरुष मृत अवस्थामा फेला

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका ५ ढुङ्गानाबेसीस्थित खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार साँझाको समयमा स्थानीय ४२ वर्षीय कृष्णबहादुर सोती मृत अवस्थामा फेला परेका हुन् । आफ्नै खेतमा पानी लगाउन जाने क्रममा कुलोमा खसी उनको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update