Shittalpati
एनसेलले ल्यायो  ‘दामी क्यास ब्याक’

काठमाडौं (एजेन्सी) । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘दामी क्यास ब्याक’ योजना ल्याएको छ । कम्पनीले क्रिसमस तथा नयाँवर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि उक्त योजना ल्याएको हो । योजनाले ग्राहकलाई ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ । यो योजना अन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने ४९.०२ रुपैयाँ भन्दा बढी अर्थात् ५१ रुपैयाँ मेनब्यालेन्स प्राप्त गर्दछन् । त्यसै गरी १ सय रुपैयाँको रिचार्जमा अब कम्तिमा विद्यमान ९८.०४ रुपैयाँ भन्दा बढी १ सय २ रुपैयाँ मेन ब्यालेन्स पाउँछन् । यो योजना आइतबार (पुष ५) बाट लागु भएको छ र १५ दिनका लागि सञ्चालनमा रहने छ ।

योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रम रहित रुपमा प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने कम्पनीले जनाएको छ । ५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम रु १ सय रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्ने छन् । त्यसैगरी १ सय रुपैयाँ रिचार्ज गर्नेले २ सय रुपैयाँ सम्म मेन ब्यालेन्स पाउने छन् । क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन सुकै माध्यमबाट गरिएको ५० रुपैयाँ र १ सय रुपैयाँको प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभलिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुनेछ ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update