Shittalpati
लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने
लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल
पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चाज शंकर पोखरेलले पद र सत्ताको लोभले गर्दा कम्युनिष्टमा विभाजन आएको बताएका छन् । ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई शनिबार तानसेनमा सम्वोधन गर्दै उनले प्रचण्ड–माधव र झलनाथ खनालको सत्ता र पद लोभका कारण कम्युनिष्ट आन्दोलनमा विभाजन आएको बताएका हुन् ।
आज तानसेनमा बजाजको फ्रि सर्भिस क्याम्प हुँदै
आज तानसेनमा बजाजको फ्रि सर्भिस क्याम्प हुँदै पाल्पाको तानसेनमा रहेको भैरव अटोमोटिभ्सले आजदेखि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेकोे छ । तानसेनका लागि बजाज मोटरसाईकलको एकमात्र आधिकारिक विक्रेता भैरव अटोमोटिभ्सले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनज गर्दै आइतबार र सोमबारका लागि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६५ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६५ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६५ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि, संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै पूर्वअध्यक्ष रायमाझीले जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा संघले महत्वपूर्ण भूमिका खेलेको बताए ...
पाल्पामा विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य
पाल्पामा विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा सामान्य देखिएको छ । अरु दिनको तलुनामा लामो तथा छोटो दूरीका गाडी कम चलेका छन् । बन्दका कारण जिल्लाबाट बाहिरिने तथा भित्रिने ठूला गाडीहरु भने चलेका छैनन् । तानसेनमा साना गाडी तथा मोटरसाईकलहरु भने...
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले...
आजदेखि खोप प्रदेशमा पठाइँदै
आजदेखि खोप प्रदेशमा पठाइँदै कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
पाल्पामा १० जना कोरोना संक्रमित थपिए
पाल्पामा १० जना कोरोना संक्रमित थपिए पाल्पामा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बिहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले सिकाएको पाठ, विदेशबाट फर्किएका युवा कृषिमा
कोरोनाले सिकाएको पाठ, विदेशबाट फर्किएका युवा कृषिमा विश्वभर फैलिएको कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेको छ । परिवारको सपना पुरा गर्न विदेशी भूमिमा गएका धेरै युवाहरु जागिर नै गुमेपछि अहिले स्वदेश फर्किएका छन् । कति युवाहरुले जागिर गुमाई बेरोजगार भएकोमा पछुताएका छन् भने कति युवाहरुले कोरोना महामारीलाई अवसरका रुपमा लिएर स्वरोजगारतर्फ उन्मुख भएका छन् । पाल्पामा सयौंको...
लायन्स क्लव अफ श्रीनगरद्वारा विद्यार्थीलाई न्यानो कपडा
लायन्स क्लव अफ श्रीनगरद्वारा विद्यार्थीलाई न्यानो कपडा जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ श्रीनगरले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले चिसो बढ्दै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँपालिका ५ मा रहेको कालिका मावि मुझुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा भएको सिविएचएफए पुनर्ताजगी तालिमको शुक्रबार समापन गर्दै सभापति शर्माले स्थानीयस्तरमै पुगेर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका हुन् ।
Weather Update