नवजनचेतना राष्ट्रिय दैनिक २०७७ माघ १६ गते शुक्रबार
शुक्रबार, माघ १६, २०७७
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु
बिहीबार, माघ १५, २०७७
रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो ।
पाल्पाको रामपुरमा अबैध सालको चिरान काठ बरामद
बिहीबार, माघ १५, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ सुन्दर टोलबाट ठूलो परिणाममा अबैध सालको चिरान काठ बरामद गरिएको छ । रामपुर सव–डिभिजन वन कार्यालयले बुधबार राती १ सय १० क्यू फिट सालको चिरान काठ बरामद गरेको हो ।
तानसेनमा सवारी कर उठाउन रोकियो !
बुधबार, माघ १४, २०७७
तानसेन नगर सरकारले उठाउदै आएको सवारी कर रोकिएको छ । होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुङ्गाखानी सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउदै आएको कर चौतर्फी विरोधपछि बुधबारदेखि रोकिएको हो । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले यि क्षेत्रमा चल्ने सवारी साधनमा कर उठाउदै आएको थियो...
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
बुधबार, माघ १४, २०७७
लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।


