Shittalpati
माथागढी गाउँपालिकाले गर्यो पाँच कार्यविधि संशोधन

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले ५ वटा कार्यविधि संशोधन गरेको छ । गाउँपालिकाले बुधबारदेखि सुरु भएको ८ औं गाउँसभाको पहिलो बैठकबाट पाँच वटा कार्यविधि संशोधन गरेको हो । सभाले एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७, गाउँपालिकाको साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, महिला समूह गठन तथा व्यवस्थापन कार्यविधि, लैङग्कि हिंसा निवारण कोष सञ्चालन कार्यविधि र जलस्रोत उपभोग तथा मूल दर्ता व्यवस्थापन विधि संशोधन गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार सभाले गाउँकार्यपालिकाले विभिन्न समयमा गरेका १५ वटा बैठकबाट भएका निर्णयहरुलाई समेत संशोधन गरेको छ ।

यस्तै सभाको पहिलो बैंठकमा आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत माघ १८ गतेसम्म सपन्न भएका र हुन बाँकी योजनाहरुको विषयमा जानकारी गराइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वीकृत गरेका योजना मध्ये ९ वटा योजना सम्पन्न गरेको जनाएको छ । एक सय २ वटा सम्झौता भएका योजना भने कार्यान्वयनमा रहेका छन् । डेन्टरमार्फत कार्यन्वयनमा रहेका बाँसटारी, झडेवा, रहवास दुम्कीवास दुई प्रदेश जोड्ने सडक कालोपत्रे, झडेवा, रिङरोड कालोपत्रे, बहादुरपुर स्वास्थ्य चौकी भवन निर्माण, बुढीकोट लिफ्टिङ्ग खानेपानी योजनाहरु कार्यान्वयनका चरणमा रहेका छन् । तारजाली खरिद र पाइप खरिद कार्य भने सम्पन्न भएको जनाइएको छ । गाउँपालिकाले केही उल्लेखनीय कार्यहरु समेत गरेको सभामा जनाइएको छ । गाउँपालिकाले ८ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । त्यस्तै गाउँपालिकाले खरको छनो विस्थापन कार्यक्रम अन्तर्गत ८० घर परिवारलाई २५ हजार बराबरको जस्तापाता खरिदमा सहयोग, उपाध्यक्ष अण्डा र हरियो तथा सुत्केरी प्रोत्साहन कार्यक्रम, कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्क्रम तथा पाठ्यपुस्तक निर्माण, स्वास्थ्य संस्थाहरुमा निःशुक ल्याव सेवा तथा वर्थिङ्ग सेन्टरहरु सञ्चालनगरि उल्लेखनिय कार्य गरेको छ । सभाको पहिलो बैठकमा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले बजेट संशोधन तथा रकमान्तर प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाको अध्यक्षता, जेष्ठ सदस्य शिवप्रसाद शर्मा घिमिरेको प्रमुख आतिथ्यता, वडा २ का वडा अध्यक्ष जनक रिजेलको स्वागत, गाउँसभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको सञ्चालनमा गाउँसभाको पहिलो बैंठक बसेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update