Shittalpati
पाल्पामा टिपर दुर्घटना हुँदा तीन जना घाइते

पाल्पा, सोमबार जिल्लाका छुट्टा–छुट्टै स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका हुन् ।

सोमबार विहान तिनाउ गाउँपालिका–२, खुर्सानेस्थित सडकमा टिपर दुर्घटना भएको छ । दोभानदेखी कचल–ढुङ्गाखानी जाने भित्रि ग्राभेल सडक खण्डमा दोभानबाट खानीतर्फ जाँदै गरेको लु १ ख ८९८७ नं.को खाली टिपर तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक देबदह नगरपालिका–१० रुपन्देही का ४० वर्षीय मनोज घर्ती र सहचालक शिवराज नगरपालिका–९ कपिलबस्तुका २० वर्षीय श्रीराम थारु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते दुबैजनाको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

यस्तै रिब्दीकोट गाउँपालिका –२ जोर्तेस्थित सडकमा पनि टिपर दुर्घटना भएको छ । तानसेन रिडी पक्कि सडक खण्डमा बुटवलबाट अर्गलीतर्फ जाँदै गरेको लु २ ख ३५७१ नं.को खाली टिपर अचानक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा तानसेन–१४ का ३५ वर्षीय प्रकाश राना गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । टिपर सडकदेखि सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update