Shittalpati
पाल्पामा फर्निचर उद्योगमा आगोलागी
पाल्पामा फर्निचर उद्योगमा आगोलागी जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगोलागी भएको हो ।
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा केही समय अघि महिला सिडियो (प्रमुख जिल्ला अधिकारी)का रुपमा गुल्मी आएकी रुद्रादेवी शर्मा न्यानो कपडा लिएर वृद्धाश्रम पुगेकी छन् । जिल्लामा अत्याधिक चिसो बढेपछि जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका नागरिकहरुलाई चिसोबाट बचाउन प्रजिअ शर्मा न्यानो कपडा लिएर आश्रममा पुगेकी हुन् ।
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण जिल्लाको माथागढी गाउँपालिकाले सबै शाखाका कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । गाउँपालिकाका सबै शाखाहरुले आठौं गाउँसभामार्फत चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आएका छन् । सोही अवसरमा एमआईएस (व्यवस्थापन सूचना प्रणाली) शाखाले पनि आफ्नो ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ ।
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो माथागढी गाउँ सरकारले पशुसेवा समन्वय इकाईका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ८ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो ।
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते जिल्लाको तिनाउ गाउँपालिकामा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । पाल्पाबाट चुनढुङ्गा लोड गरी बुटवलतर्फ जाँदै गरेको लु २ ख २२०१ नं.को टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ६४ प ५७६२ नं.को मोटर साइकललाई ठक्कर दिएको हो ।
गुल्मीमा १७ सय बढीले लगाए कोरोना विरुद्धको खोप
गुल्मीमा १७ सय बढीले लगाए कोरोना विरुद्धको खोप गुल्मीमा पहिलो चरणमा एक हजार सात सय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरण अन्तर्गत १ हजार ८ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ७ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण जिल्ला प्रशासन कार्यालय गुल्मीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नं. १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा बस्ने जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा स्वरुप कम्बल वितरण गरिएको हो ।
पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य
पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार : नीति, कार्यक्रम तथा बजेट’ विषयको अन्तत्र्रिmयामा मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणासमेत गरे...
पाल्पाली साहित्यकारहरु कपिलधामबाट फर्किए
पाल्पाली साहित्यकारहरु कपिलधामबाट फर्किए साहित्यतीर्थ, कपिलधाम (कपिलवस्तु)को एक दिने अवलोकन भ्रमणमा निस्किएको पाल्पाली साहित्यकारहरुको एक टोली पाल्पा फर्किएको छ । शनिबार शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा साहित्यतीर्थ, कपिलधाम गएको साहित्यकारहरुको टोली जिल्ला फर्किएको हो ।
पेशाकर्मी र श्रमिकहरु सडकमा
पेशाकर्मी र श्रमिकहरु सडकमा संसद् विघटनपछि राजनीतिक बजार चल्मलाएको छ । महिना दिनदेखि निरन्तरजसो सत्तापक्ष र विपक्षी दलको सडक संघर्षले यति बेला राजनीतिक बजार चल्मलाएको हो । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई दलहरूले आ–आफ्नै तर्क लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि नेपाल राष्ट्र बैंकबाट ख वर्गको स्वीकृत प्राप्त मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले वृद्धि भएको हो । बैंकको चाल आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार ६१ करोड ५५ लाख नाफा भएको छ ।
पाल्पामा शनिबारसम्म २७ सय १२ जनाले लगाए कोरोना विरुद्धको खोप
पाल्पामा शनिबारसम्म २७ सय १२ जनाले लगाए कोरोना विरुद्धको खोप जिल्लामा सञ्चालित कोभिड १९ विरुद्धको खोप अभियान अन्तगर्त शनिबारसम्म २७ सय बढीले कोरोना खोप लगाएका छन् । जिल्लाका ४ खोप केन्द्रबाट शनिबार ५० जनाले लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या दुई हजार ७ सय १२ पुगेको हो ।
Weather Update