भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै

पाल्पा, जिल्लाका विभिन्न ठाउँहरुमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा–बुटवल ३३ केभी लाईन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभी लाइनमा मर्मत गर्न लागेकाले विद्युत अवरुद्ध हुने भएको हो ।
केन्द्रले एक सूचना जारी गर्दै हाँगाविगा कटान तथा लाइन मर्मत गरिने भएकाले विहान ८ बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति नियमित हुन नसक्ने जनाएको छ । उक्त समयमा बैकल्पिक स्रोतबाट विद्युतको व्यवस्थापन गर्न पहल गरिने कार्यालयले सूचनामा उल्लेख गरेको छ । सूचनामा त्यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमाप्रार्थी रहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्