Shittalpati
कोरोना कहरमा श्रम गन्तव्य
कोरोना कहरमा श्रम गन्तव्य कोरोना संक्रमण मानव समुदाय र विज्ञानका लागि अहिले एउटा मुख्य चुनौती बनेर देखा परेको छ । यसले विश्वको अर्थतन्त्रलाई धराशयी बनाइदिएको छ भने विश्वभरका लाखौँलाख मानिसलाई रोजगारी, आवास र गाँसवासबाट समेत विमुख बनाइदिएको छ। विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारत लगायत श्रम गन्तव्य मुलुकहरुलाई यसले नराम्रोसँग गाँजेको छ ।
बंगलादेशलाई हरायो नेपालले
बंगलादेशलाई हरायो नेपालले सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन् ।
शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने
शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
अब स्वास्थ्य बीमा ७७ जिल्लामा
अब स्वास्थ्य बीमा ७७ जिल्लामा यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू थालिएको हो ।
प.प. मावि २०४२ मा रेग्मी
प.प. मावि २०४२ मा रेग्मी प.प. मावि तानसेनको २०४२ को अध्यक्षमा साहित्यकार तथा प्राध्यापक पुष्करराज रेग्मी चयन भएका छन् । २०४२ सालको ब्याजका पूर्वविद्यार्थीहरुको समूहले तेस्रो अधिवेशनमा रेग्मीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
सद्भावकोे पर्व होली
सद्भावकोे पर्व होली रंगै रंगहरुसँगको पर्व अर्थात सद्भावको पर्व होली आज पाल्पा सहित पहाडी जिल्लाहरुमा मनाइदै छ । एक आपसमा माया प्रेम आत्मीयता साटासाट गरी र हर्षोल्लासका साथ यो पर्व मनाइदै छ । प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाईने यो पर्वको महत्व आजका दिनमा पनि उत्तिकै रहेको पाईन्छ ।
साहित्यकार पन्थको ‘समय स्फोट’ विमोचन
साहित्यकार पन्थको ‘समय स्फोट’ विमोचन साहित्यकार तथा उप–प्राध्यापक टंक पन्थको ‘समय स्फोट’ कविता संग्रह विमोचन भएको छ । कविता संग्रहको नेपाल पज्ञा प्रतिष्ठान लोक तथा बाल साहित्य विभागका प्रमुख प्रा.डा. देवी नेपालले विमोचन गरेका हुन् ।
पाल्पामा अवैध काठ र लागू औषध सहित पाँच जना पक्राउ
पाल्पामा अवैध काठ र लागू औषध सहित पाँच जना पक्राउ जिल्लाका छुट्टाछुट्टै स्थानबाट अवैध काठ र लागू औषध सहित पाँच जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले अवैध काठ सहित चार जनालाई तानसेबाट पक्राउ गरेको हो भने, लागू औषधसहित एक जनालाई तिनाउबाट पक्राउ गरेको जनाइएको छ ।
गुल्मीको मदानेमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
गुल्मीको मदानेमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गुल्मी जिल्लाको मदाने गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४, म्यालपोखरी स्थित मेहलेपोखरी माध्यामिक विद्यालयको खेलमैदानमा शनिबार देखि प्रतियोगिता सञ्चालन गरिएको हो ।
पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु
पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु पाल्पामा आगो निभाउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको हो ।
Weather Update