चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाद्वारा अस्पतालाई ट्रली
बुधबार, चैत १८, २०७७
नवलपुरमा भेटिए १४ कुष्ठरोगी
बुधबार, चैत १८, २०७७
स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा १४ कुष्ठरोगी भेटिएका छन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् । यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक/एक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार...
त्रिदेशीय कपको उपाधि विजेतालाई १ लाख पुरस्कार
बुधबार, चैत १८, २०७७
थ्री नेसन्स (त्रिदेशीय) कप फुटबलको उपाधि विजेता खेलाडीले जनही १ लाख रुपैयाँ पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गरी उपाधि विजेता टिमका खेलाडीलाई १/१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
वायु प्रदूषणको प्रभाव
बुधबार, चैत १८, २०७७
वायु प्रदुषणको प्रभावले देशको जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा वायु प्रदूषणको मात्रा असोचनीय रुपमा फैलिइरहेको देख्न सकिन्छ । विज्ञहरुले हाल फैलिरहेको वायु प्रदूषणको स्थिति निकै अस्वस्थकर रहेको बताएका छन् ।
कोरोनाबाट थप ३ जनाको ज्यान गयो
बुधबार, चैत १८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मंगलबार तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार तीस पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार
बुधबार, चैत १८, २०७७
तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिटिजन्स बैंक बिच एकीकृत कारोबार सञ्चालनमा आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडसँग एकीकृत कारोबार सुरु गरेको हो ।
बिरामीलाई रिफरले सास्ती मानव अधिकारकर्मीको ध्यानाकर्षण
बुधबार, चैत १८, २०७७
जिल्लामा स्वास्थ्य बिमाका विरामीहरुले सास्ती खेप्नु परेको छ । बिमा गरेका व्यक्तिले पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभए मात्र अन्य अस्पतालमा रिफर दिने सरकारको प्रावधानले बिरामीले सास्ती पाएका छन् । उनीहरुले रिफर लिनकै लागि दिनभर जिल्ला अस्पतालमा लाईन बसेर मात्र रिफर लेटर पाउनेको गुनासो गरेपछि जिल्लाका मानव...
गुल्मीमा मानव अधिकार तथा शान्ति समाज गठन
मंगलबार, चैत १७, २०७७
जिल्ला मानव अधिकार तथा शान्ति समाज गठन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति कृष्णबहादुर रावलको उपस्थितिमा जिल्लाको सदरमुकाम तम्घासमा भएको भेलाले जिल्ला कार्य समितिको गठन गरेको हो ।
अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै
मंगलबार, चैत १७, २०७७
खासगरी राजधानि काठमाडौँ लगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ । त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ । आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने
मंगलबार, चैत १७, २०७७
सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए ।
गरौं योग, रहौं निरोग
मंगलबार, चैत १७, २०७७
पछिल्लो समय नेपालमा पनि योगको महत्व बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । भारतमा बाबा रामदेवले चलाएको योगाभ्यासको प्रभाव नेपालमा पनि देखिएको हो भन्दा अनर्थ नहोला । अचेल योगलाई पनि उपचार पद्दतिको रुपमा हेर्न थालिएको...
सामाजिक संघसंस्थाहरु पुगे सहयोग गर्न आश्रममा
मंगलबार, चैत १७, २०७७
जिल्लाको सत्यवती गाउँपालिका रूद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका कल्पवासीहरूलाई सहयोग विभिन्न संघसंस्थाहरू पुगेका छन् । गाउँपालिकाको अस्लेवा, रूद्रवेणीधाममा अवस्थित आश्रममा जिल्लामा क्रियाशिल नेपाल नेत्र ज्योति संघ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल औषधी व्यवसायी संघ जस्ता सामाजिक संस्थाहरु सहयोग लिएर आश्रममा पुगेका हुन् ।


