Shittalpati
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार

पाल्पा, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिटिजन्स बैंक बिच एकीकृत कारोबार सञ्चालनमा आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडसँग एकीकृत कारोबार सुरु गरेको हो ।
सिटिजन्सले तिनाउ मिसन बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव १२७ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी करिव ११३ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६६ शाखा हुनेछ । सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउने छन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुने छ । सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाड्ढ हरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । उनले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । तिनाउ मिसन बैंक प्राप्ति पछि बनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६६ वटा शाखाहरुबाट सेवाग्राहीहरुले सेवा प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update