Shittalpati
पाल्पामा अवैध काठ र लागू औषध सहित पाँच जना पक्राउ

पाल्पा,  जिल्लाका छुट्टाछुट्टै स्थानबाट अवैध काठ र लागू औषध सहित पाँच जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले अवैध काठ सहित चार जनालाई तानसेबाट पक्राउ गरेको हो भने, लागू औषधसहित एक जनालाई तिनाउबाट पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले गत शनिबार राति बगनासकालीको चिलाङ्दी हुँदै तानसेनतर्फ ल्याउदै गरेको ३५ क्वीबफिट काठसहित चार जनालाई नियन्त्रणमा लिएको छ । लु २ त ८६१६ नम्बरको ट्रेक्टरमा विना प्रमाण सालका अवैध काठ ल्याउदै गरेको अवस्थाका चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई भुसलडाँडा अस्थायी प्रहरी चौकीको सक्रियतामा पक्राउ गरिएको थियो । प्रक्राउ परेका मानिसहरुको नाम भने खुलाइएको छैन । त्यस्तै प्रहरीले एक जना युवकलाई लागू औषध सहित पक्राउ गरेको छ । आइतबार बिहान दोभान प्रहरीले चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषध सहित स्याङ्जा जिल्ला वालिङ् नगरपालिका –९, स्थित राउतडाँडा बस्ने २५ वर्षका सुमन गाहालाई पक्राउ गरेको हो । शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा गाहाको साथबाट फेनेरागन ७० वटा, नुफिन ३३ वटा, २ थान सिरिञ्ज बरामद गरी निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update