माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
बिहीबार, जेठ १३, २०७८

गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट
#Gulmi news #
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तानसेनमा कालीगण्डकीको पानी वितरण थालियो
बुधबार, जेठ १२, २०७८
लामो समयको प्रतिक्षापछि कालिगण्डकीको खानेपानी तानसेनका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले जेठ ९ गते आईतवार देखी कालिगण्डकीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम सुरु गरेको हो ।

गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो
बुधबार, जेठ १२, २०७८
जिल्लामा सञ्चालित कोभिड प्रयोगशाला कोराना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ । दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा परीक्षणमा आएको छ ।

पाल्पामा बुधबार १ सय २७ जनाले कोरोना जिते, ९३ जनामा संक्रमण
बुधबार, जेठ १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १सय २७ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७१ महिला र ५६ जना पुरुषले कोरोना जितेका हुन् ।

शिक्षामा सूचना तथा सञ्चार प्रविधि
बुधबार, जेठ १२, २०७८
कुनै पनि नयाँ विषयवस्तुमा ज्ञान लिने वा सोही विषय बारे अरुलाई ज्ञान दिने कार्यलाई शिक्षा भन्ने गरिन्छ । मानव जीवनका लागि शिक्षाको अहम भूमिका रहन्छ । शिक्षाको विकास विना अरु क्षेत्रको विकासको कल्पना समेत गर्न सकिदैन । नेपाली भाषामा भन्ने गरिन्छ, शिक्षा मानिसको आखाँको ज्योति हो ।

गुल्मीमा संसद् विघटनको विरुद्ध काँग्रेस भातृ संगठनको विरोध
मंगलबार, जेठ ११, २०७८
जिल्लामा नेपाली काँग्रेसका भातृ संगठनहरुले प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध जनाएका छन् । मंगलबार नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघले संसद् विघटनको विरुद्धमा असहमती जनाउदै प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

कोरोना कहर :पाल्पामा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव
मंगलबार, जेठ ११, २०७८
कोरोना महामारी बढ्दै गएपछि जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव भएको छ । जिल्लाका ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, पाल्पा अस्पताल र ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिका साथै सर्जिकल समानको अभाव भएको हो ।