पहिराको जोखिममा बस्ती, स्थानीय त्रसित
शनिबार, जेठ २९, २०७८
स्याङ्जा, गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका कारण जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो...
गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु
शनिबार, जेठ २९, २०७८
गुल्मीमा ट्रकले किचेर सह–चालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका– २ , बाँझकटेरी पञ्चनपोखरामा ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको शनिवार बिहान ९ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–१०’)
शनिबार, जेठ २९, २०७८
बिहान ६ बजे निद्राले पुरै छाड्यो । मोबाइलमा डाउनलोड गरेको अडियो भैरव अर्यालका दुई हास्य निवन्धहरु सुने । ब्रÞमाको प्रयोगशालाबाट र महापुरुषको संगत ।
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते !
शुक्रबार, जेठ २८, २०७८
जिल्लाको रामपुर नगरपालिका ८ एक्लेटारमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार चार जना घाइते भएका छन् । शुक्रबार विहान कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किन गई मोटरसाईकलमा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुल्मीमा गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई
शुक्रबार, जेठ २८, २०७८
नेपाली काँग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा गुल्मी पठाइएको स्वास्थ्य सुरक्षा समाग्री गुल्मी अस्पताललाई दिइएको छ । सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो ।
एकीकृत ग्रामीण विकासले गर्यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग
शुक्रबार, जेठ २८, २०७८
एकीकृत ग्रामिण विकास समाज गुल्मीले सुआहारा (दोस्रो) कार्यक्रमको सहयोगमा गुल्मी अस्पताल, स्वास्थ्य कार्यालयका कर्मचारी र जिल्लाका स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको छ ।
पाल्पा कोरोना अपडेट : शुक्रबार १५ कोरोना संक्रमित निको भए, ६६ जनामा संक्रमण
शुक्रबार, जेठ २८, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला
बिहीबार, जेठ २७, २०७८
गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर विहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।


