Shittalpati
पहिरो पीडितलाई काँग्रेस पाल्पाको सहयोग

पाल्पा, नेपाली काँग्रेस पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले केही दिन अघि अविरल वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याएका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो । पार्टीका जिल्ला सभापति तथा प्रदेश सांसद वीर बहादुर रानाको नेतृत्वमा गएको टोलीले रिब्दीकोट गाउँपालिका पालुङ मैनादी चम्पती धनराजाका तीन घर परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

पार्टी सचिव झपेन्द्र गहिरेका अनुसार काँग्रेसले पहिरा पीडित यमबहादुर गाहा, भुवनसिं गाहा र अन्त बहादुर गाहाको परिवारलाई घरमै पुगी आवश्यक लत्तकपडा, खाद्यान्न सहयोग गरेको हो । राहत सामग्री वितरण गर्दै नेपाली काँग्रेस जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद रानाले दुखको बेलामा केही भए पनि राहत दिलाउन पिडितको घरमा पुगेको बताए । उनले प्राकृतिक विपत्तिमा परेका जनताहरुसँगै नेपाली काँग्रेस पनि सँगै रहेका दुखमा नआत्तिन पहिरो पीडितहरुलाई सान्त्वना दिएका छन् । काँग्रेसले सुरक्षित आवासका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिने समेत सभापति रानाले बताए ।

अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले यमबहादुरको घर पुरै पुरेको छ भने, भुवनसिं र अन्तको घर माथि र तलबाट गएको पहिरोले घर जोखिममा छन् । उनीहरु अहिले छिमेकीको घरमा आश्रय लिएको पार्टी सचिव गहिरेले बताए । राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस पाल्पा सचिव झपिन्द गैरे,नेपाली काँग्रेसका माहासमिति सदस्य विधान श्रेष्ठ ,काँग्रेस रिब्दिकोट गाउँपालिका सभापति राम चन्द्र पाण्डे, काँग्रेस रैनादेवी छहरा गाउँपालिकाका उपसांयोजक रुक्मागत भट्टराई, महिला नेतृ मिना पन्थी लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update