आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
मंगलबार, असोज ५, २०७८
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर
मंगलबार, असोज ५, २०७८
मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरूलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।
सोह्रश्राद्ध प्रारम्भ
मंगलबार, असोज ५, २०७८
दिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्यले पिण्डदान गर्ने पर्व सोह्र श्राद्ध हो । सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व पर्छ ।
उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी
सोमबार, असोज ४, २०७८
कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
पाल्पामा सोमबार २० संक्रमित थपिए
सोमबार, असोज ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
सोमबार, असोज ४, २०७८
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
लुम्बिनी सरकारले विभिन्न बिधामा ५७ जनालाई विभूषित गर्ने
सोमबार, असोज ४, २०७८
लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ ।
चाडपर्वमा मात्रै अनुगमन
सोमबार, असोज ४, २०७८
विगतमा जस्तै दशैंको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ ।
पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको
आइतबार, असोज ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री
आइतबार, असोज ३, २०७८
जिल्लामा नेपाली काँग्रेसका स्व. नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा सांसद् गम्भीरजंग कार्की र नेपाली काँग्रेस तानसेन नगरका पूर्व सभापति तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको स्मृतिमा जिल्लाका स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
पाल्पामा शीत काव्य समाज गठन, अध्यक्षमा ज्ञवाली
आइतबार, असोज ३, २०७८
शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा गठन गरेको छ । नेपालले आइतबार तानसेनमा एक कार्यक्रमका बीच समाज गठन गरेको हो । शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले समाज गठनको घोषणा गरेका छन् ।
जन्मभूमि पाल्पाबाट दुर्ई ‘शीत’कृति विमोचन
आइतबार, असोज ३, २०७८
‘शीत’को जन्मभूमि पाल्पाबाट दुई कृतिको विमोचन गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनमा कविता विधाको लघुतम उपविधा शीतका दुई वटा कृतिको विमोचन गरिएको हो ।
संविधान घोषणाको ६ वर्ष
आइतबार, असोज ३, २०७८
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।


