Shittalpati
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना

चितवन, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि १५ हजार र पाँच ÷ पाँच हजार छ । भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र नीता रसाइलीको आर्थिक सहयोगमा संघले ती पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय सम्झौता समेत भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष अमिर रामदाम र व्यवसायी सुनारले हस्ताक्षर गरेका छन् । सो पुस्कार हरेक वर्ष देशभरका दलित पत्रकारमध्येबाट एक, चितवनका एक र जिल्लाकै क्रियाशील पत्रकारमध्येबाट एक जनालाई अर्पण गरिने जनाइएको छ । –रासस

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update