Shittalpati
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै
पाल्पामा कोरोना संक्रमितको संख्या घट्दै कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत असार–साउन महिनामा एकाएक उकालो लागेको कोरोना संक्रमणको ग्राफ भदौ पहिलो सातादेखि भने परीक्षणको आधारमा ओरालो लाग्ने क्रममा छ ।
वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा
वर्षाले पाल्पाको अन्न भण्डार डुबानमा लगातार परेको अविरल वर्षाका कारण पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।
सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती
सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या
अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।
करेन्ट लागेर मृत्यु भएका राउत परिवारलाई पाँच लाख सहित जागिर दिइने
करेन्ट लागेर मृत्यु भएका राउत परिवारलाई पाँच लाख सहित जागिर दिइने जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतका परिवारलाई नेपाल विद्युत प्राधिकरणबाट पाँच लाख सहयोग र उपयुक्त जागिरको व्यवस्था गरिने सहमति भएको छ ।
आज कृष्ण जन्माष्टमी पर्व
आज कृष्ण जन्माष्टमी पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु
ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यो लुम्विनी प्रदेश अन्र्तगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित रहेको छ ।
बेपत्ता नागरिकको खोजी गर
बेपत्ता नागरिकको खोजी गर बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभर मनाइदै छ । बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिकीकरण गर्न र बलपूर्वक व्यक्ति बेपत्ता पारिनबाट संरक्षण गरिनुपर्ने आवाजका साथ हरेक वर्ष बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ ।
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति निरन्तर परेको वर्षाका कारण पाल्पा, गुल्मी, स्याङ्जाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते
पाल्पामा थप ३१ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३१ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु जिल्लाको मदाने गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका –२ सैरे बस्ने १८ वर्षीय बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशको समिति गठन भएको छ । दाङको भालुवाङमा भएको भेलाले रुपन्देहीका कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय महासंघको प्रदेश समिति गठन गरेको हो ।
Weather Update