Shittalpati
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको

पाल्पा,  जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ६ जना र एन्टिजेन परीक्षणमा १० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा १९ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका २, माथागढी गाउँपालिकाका १, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । जसमा ४ जना महिला र २ जना पुरुष रहेका छन् । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय २० पुगेको छ । जसमा २ हजार ४ सय २० महिला र ३ हजार ८ सय जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ । १ सय ९ जनाको परीक्षण गरिएकोमा १० जनामा संक्रमण देखिएको हो । जसमा रैनादेवी छहरा गाउँपालिकाका १, बगनासकाली गाउँपालिकाका १, रम्भा गाउँपालिकाका २/२ जना र तानसेन नगरपालिकाका ५ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय ६ पुगेको छ । जहाँ २ हजार २१ जना महिला र १ हजार ८ सय ८५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना संक्रमित कोरोनामुक्त भएका हुन् । जसमा ११ जना महिला र ९ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ५, रामपुरका ३, बगनासकालीका १ र रिब्दीकोटका ११ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ७ सय २० पुगेको छ । यहाँ अहिलेसम्म २ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ६४ जना होम आइसोलेसनमा रहेका छन् भने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update