न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला
शनिबार, असोज १६, २०७८

छाडा गाई संरक्षणमा रामपुर नगर सरकार
शनिबार, असोज १६, २०७८
उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् ।

अहिंसा दिवसको सार्थकता
शनिबार, असोज १६, २०७८
आज अक्टोबर २, विश्व अहिंसा दिवस हो । संयुक्त राष्ट्रसंघले अक्टोबर २ लाई अहिंसा दिवसका रुपमा घोषणा गरेको छ ।

बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट
शुक्रबार, असोज १५, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको विक्री वितरण रोक्न गाउँपालिकाले शुक्रबार बजार अनुगमन गरेको हो ।

गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो
शुक्रबार, असोज १५, २०७८
गुल्मीको सदरमुकाम तम्घासको ट्राफिक व्यवस्थापन गर्न चासो देखाइएको छ । दशै र तिहार जस्ता महान् चाडपर्वलाई लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन चासो देखाइएको हो ।

गुल्मीका विद्यालयमा अनुगमन
शुक्रबार, असोज १५, २०७८
जिल्लाका विद्यालयहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहितको समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेको हो ।

रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ
शुक्रबार, असोज १५, २०७८
जिल्लाको रामपुर नगरपालिकामा सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामपुर –४, देवीस्थानकी स्थानीय ५० वर्षीया पुर्ना फालमगरको सुनको सिक्री चोरी गर्ने भारतीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गुल्मीमा चोर आतंक, त्रासमा स्थानीय
शुक्रबार, असोज १५, २०७८
जिल्लाका विभिन्न स्थानीय तहका बस्तीहरुमा चोरको बिगबिगी बढेपछि स्थानीय आतंकित भएका छन् । चोर र चोरीका गतिविधि दिनहुँ बढेपछि स्थानीय आंतकित भएका हुन् ।

पाल्पाको रामपुरमा एक पुरुष मृत फेला
शुक्रबार, असोज १५, २०७८
जिल्लाको रामपुर नगरपालिका–६, चिप्लेढुंगामा एक पुरुषको मृत फेला परेका छन् । रामपुर तिलकपुरका लाल बहादुर कुमालको छोरा ४५ वर्षीय खगबहादुर कुमाल शुक्रबार मृत फेला परेका हुन् ।

क्यान्सर पीडितको उपचारमा आर्थिक सहयोग
शुक्रबार, असोज १५, २०७८
ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अंकीत रानाको उपचारमा पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अंकीत राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।

जेष्ठ नागरिकलाई बोझ नसम्झौं
शुक्रबार, असोज १५, २०७८
उमेर बढ्दै गएपछि मानिस वृद्ध अवस्थामा पुग्दछ । यो सत्यको एउटा पाटो हो । तर यो उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति पनि हो ।

पाल्पामा १३ संक्रमित थपिए, १० निको
बिहीबार, असोज १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते
बिहीबार, असोज १४, २०७८
जिल्लाको इस्मा गाउँपालिका– ३ तोरीपाटामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । बुधबार राती चट्याङ पर्दा एकै टोलका ९ जना घाइते भएका हुन् । उनीहरु घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।