Shittalpati
मेगा बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

पाल्पा, मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार थालेको हो । यो मेगा बैंकको २०१ औं शाखा हो । मेगा बैंकले साउनयता १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकका पहुँचमा ल्याउने गरी बैंकले देशभर नयाँ शाखा विस्तार अभियानलाई तीव्रता दिएको छ बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई ‘हलोदेखि हाइड्रोसम्म’ को सेवा पुर्‍याउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिएको हो । मेगा बैंकले पछिल्लो समय नेपाल सरकारको नागरिक एपबीच पनि सहकार्य गरेको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग बैंकले सहकार्य गरेको हो ।

डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्ने छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update