Shittalpati
नेपालमा फेरि बढ्न थाल्यो कोरोना
नेपालमा फेरि बढ्न थाल्यो कोरोना पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । दैनिक जसो ३/४ सयको हाराहारीमा संक्रमित देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार ३ सय ८५ जनामा संक्रमण देखिएको थियो भने मंगलबार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
सडक दैनिक ११ घण्टा बन्द रहने
सडक दैनिक ११ घण्टा बन्द रहने तानसेन–तम्घास सडक खण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालयले उक्त सडक खण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने सूचना जारी गरेको छ । कार्यालयले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४...
आरनका लागि कच्चापदार्थ र कामदार अभाव
आरनका लागि कच्चापदार्थ र कामदार अभाव पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो ।
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड एनसेल आजियाटा लिमिटेडले दुई वटा अवार्ड प्राप्त गरेको छ । ग्रामिण क्षेत्रमा सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट एनसेलले दुईवटा अवार्ड पाएको हो ।
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी नेपाली काँग्रेस पाल्पाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा झमनबहादुर राजमगर र मुक्ति (माधव) जिसी क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
फलामका किटले खनजोतमा समस्या
फलामका किटले खनजोतमा समस्या पाल्पाको तानसेन नगरपालिका वडा ८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार वस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चापदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका वस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ ।
थप ३ सय ८५ जनामा कोरोना संक्रमण
थप ३ सय ८५ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले देशलाई संकट पर्दा नेपाली काँग्रेस चाहिने बताएका छन् । उनले नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई सोमबार रिडीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै मंसिर ६ बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने एनएमबि बैंकको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने भएको छ । बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएसँगै अब ५ मिनेटमै कारोबार गर्न सकिने भएको हो ।
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका ४४ वडामा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादी केन्द्रले पाल्पाका दश स्थानीय तहका ४४ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो ।
Weather Update