Shittalpati
काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी
काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी नेपाली काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् ।
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई आर्थिक सहयोग गरेका छन् । बाजेले तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई एक लाख आर्थिक सहयोग गरेका हुन् ।
शुक्रबारदेखि हिमपातको सम्भावना
शुक्रबारदेखि हिमपातको सम्भावना पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी नेपाली काँग्रेस उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी भएका हुन् ।
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले रुपन्देहीमा भएको १३ औं वार्षिक साधारण मार्फत १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ्ग वित्तीय साक्षरता अभियान सञ्चालन गरेको हो । उसले विशेष गरी शैक्षिक संघसंस्थाहरुमा यो कार्यक्रम गरेको छ ।
बुधबार दुई सय ८० संक्रमित थपिए
बुधबार दुई सय ८० संक्रमित थपिए नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशभरका विभिन्न स्थानबाट २ सय ८० संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा ९ हजार २ सय १२ जनाको पीसीरआर परीक्षणमा २ सय ५२ जनामा संक्रमण देखिएको हो ।
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हन् ।
तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम
तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा धमाधम (पिच) कालोपत्र गर्ने काम थालेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्र गर्ने काम धमाधम थालेको हो ।
युवा उद्यमी सम्मेलन हुँदै
युवा उद्यमी सम्मेलन हुँदै रूपन्देहीमा युवा उद्यमी सम्मेलन २०२१ हुने भएको छ । युवाहरुको विदेश पलायन रोक्ने र युवा उद्यमशीलता बढाउने उद्देश्यले नेपाली युवा उद्यामी मञ्च रूपन्देहीले पुस ३ गते सम्मेलन गर्न लागेको हो । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले पत्रकार सम्मेलन गरी सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा करिब १० सफल ब्यवसायी...
Weather Update