Shittalpati
क्रिसमसको शुभकामना

आज क्रिसमस डे अर्थात् इसाई धर्मका प्रवर्तक (जिसस) प्रभु येशुको जन्मदिन हो । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउँने गर्दछन् । आज भने इसाई धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदिनलाई इसाई धर्मलम्वीहरुले पर्वका रुपमा धुमधामका साथ मनाउँदै छन् । हिन्दुहरुको महान पर्व दशैं, तिहार जस्तै इसाई धर्मलम्वीहरुले पनि महान पर्व क्रिसमस डेलाई लिने गर्दछन् । नेपालमा विभिन्न जातजाति, भाषा, धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । त्यसमध्ये आज इसाई धर्मका अनुयाईहरूले हसोल्लासका साथ क्रिसमस मनाउँदै छन् । नेपाल लगायत विश्वका विभिन्न देशहरुमा आज एकै साथ यो पर्व मनाइदै छ ।

चिसो मौसमसँगै मनाईने यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसँग जोडिएका छन् । विभिन्न प्राचिन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउँन पूर्वनै हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउँन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउँने गर्दछन् । इस्वि सम्वतलाई क्राईसको जन्म अगाडि र एनोनो डोमिनी क्राईस पछाडी गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइदै छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउँने र आगनमा बालेर यो पर्व मनाउँने गरिन्छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्ने जनविश्वास रहेको छ । हरेक चाडपर्वहरुको आ–आफ्नै महत्व रहेको हुन्छ । ती चाडपर्वहरुलाई धर्मको रुपमाभन्दा पनि उत्साहका रुपमा लिन जरुरी छ । यसर्थ आज परेको क्रिसमस डे को सबैमा शुभकामना ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update