Shittalpati
नेतृत्वलाई चुनौती कि अवसर

प्रकाश नेपाल
अन्ततः १४ औ महाधिवेशनबाट शेरबहादुर देउवा दोश्रो सभापति निर्वाचित भए । निर्वाचनको प्रथम प्रकृयामा उनलाई निर्वाचित हुनु भनेको फलामको च्यूरा चपाउनु जस्तै थियो । जब उनलाई प्रकाशमान सिंह र विमलेन्द्र निधीको समर्थन भएपछि सहज भएको हो । देउवाको विरुद्धमा संगठित भएका सिंह निधीले किन कसरी समर्थन गरे भन्ने नै महत्वपूर्ण कुरा हो । रामचन्द्र शेखर समुहलाई विभाजन ल्याउन भारत सफल हँुदा देउवालाई चिठ्ठा परेको हो । यस विषयमा केही नेताको पराजित मानसिकताको अभिव्यक्ती आयो । देउवाका विरुद्धमा सत्ताशक्तिको दुरुपयोग भनेर तर त्यो भन्दा विदेशी शक्तीले टिममा विभाजन ल्याउन सफल भएको हो । सत्ताशक्तिको कसले कहाँ प्रयोग गरे न र तलदेखि माथिसम्मै सत्ता र शक्तिको प्रयोग भयो । तलको नदेख्ने आँखा चिम्म गर्न माथिको देख्ने यो प्रवृत्ति गलत हो । देउवाले जसरी पनि यो कार्यकालका लागि सभापति भए । देउवासंग अवसरसंगै चुनौतीको पहाड धेरै छन् । हुन त निर्वाचित पदाधिकारी देउवा प्रकाशमान, विमलेन्द्रले रोजेका भन्दा जनताले रोजेका व्यक्ति निर्वाचित भएका छन् । अन्य केन्द्रित सदस्यको खासै महत्व र प्रभाव रहदैन । भारतको एउटा शक्तिले रामचन्द्रलाई रोक्यो त्यसपछि शेखरलाई पराजित गरेपनि नेपाली काँग्रेसको इतिहासमा शेखरको संगठन प्रतिको इमान्दारिता भने ध्रुव तारा जस्तै अटल र अम्मर रहनेछ त्यति मात्र होइन ? देउवाले शेखरको सुझाव सल्लाह अनुरुप संगठन रुपी रथ चलाउनुपर्ने हुन्छ ।


यस पटकको अधिवेशनले के प्रष्टियो भने अब गुट टिम भन्ने निस्तेज भयो । तल–तल जिल्लामा गुटको आवरणमा सिध्याउने खेल खेलेका भुरे नेताले समेत राम्रोसंग मनन गरे होलान् । केन्द्रमा गुट बिना पनि हुँदो रहेछ । तल निषेधको राजनीति किन ? यो कुनै दिन जिल्ला तहको नेतृत्वलाई महङ्गो सावित हुनेछ । गुटको आवरणमा कर्मीमौरी जस्तो कार्यकर्तालाई पन्छाएर क्षेत्रीय अधिवेशनमा पर्यटकलाई निर्वाचित बनाइदा कर्मीमौरी जस्तो कार्यकर्तालाई हराइयो । अब आउने स्थानीय प्रदेश, संघीय निर्वाचनमा कर्मीमौरी जस्ता कार्यकर्ताले गुटको आवरणमा सिध्याउने खेल खेलेका नेतालाई नराम्रोसंग जवाफ दिनेछन् । गुटको आवरणमा व्यक्तिको राजनीति सिध्याइएको जिल्लामा तर केन्द्रमा के भयो प्रश्न यहाँ हो । हुन त गुटको आवरणमा चुनाव जितेका राजनीति हारेकाहरुलाई आउने निर्वाचनमा राम्रोसंग हिसाब किताब गर्नेमा दुई मत देखिदैन एक पटक कस्तो व्यक्तिलाई निर्वाचित गरियो भनेर तलको मतदातालाई प्रश्न गर्दा गुटको दवावले भन्ने जवाफ आउछ । यस पटकको अधिवेशनले आउने निर्वाचनमा कस्तो प्रभाव पार्दछ भनेर सोचिएन त्यो नै गलत थियो । केन्द्रको अवस्था जस्तो भएपनि पाल्पाको सवालमा त्यहि नै हो ।

पाल्पामा एकताको अधिवेशन हुन नसक्नु पार्टीका लागि भोलिका दिपमा दुःखद् पक्ष हो । पाल्पा त्यसै पनि काँगेसको संगठन कमजोर भएको जिल्ला हो । संगठन नभएका कारण कमजोर भएको हो । अब विगतको गल्ती कमजोरी सच्चाएर अगाडि बढ्नका लागि जिल्ला सभापतिलाई यथास्थितीमा कठिन देखिन्छ । नया पुस्ताले भन्दा पुरानो पुस्ताले संगठन निर्माणका लागि त्याग समर्पण नै पहिलो हो । संसदीय निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्‍यो । पहिले स्थानीय निर्वाचनमा पनि बहुसंख्यक गाउँ विकास समितिमा काँग्रेसले विजयी भएको थियो । तर पछिल्लो समयमा पार्टीको निर्वाचनमा विजयी हुने आस निर्वाचनमा पराजय हुने क्रम बढेको छ । त्यस्तो क्रियाकलापलाई सच्चाएर काँग्रेस पार्टीलाई पुरानो अवस्थामा फर्काउन पर्नेछ यो नयाँ नेतृत्व चुनौतीसंगै अवसर पनि हो । केन्द्रको भन्दा पनि जिल्ला तहमा यो यसको कार्यकर्ता भनेर नामाड्ढन गरिन्छ तर अब त्यसै नगरी नेपाली काँग्रेस पार्टीको कार्यकर्ता भनेर भन्ने वातावरण पनि सिर्जना गरिनुपर्दछ । विगत लामो समयदेखि काँग्रेसमा देखिएको यस्तो रोगको निराकरण अब हुन जरुरी छ । केन्द्रमा यस पटकको सिनारीले त्यहि नै देखायो । हुन त देउवाका लागि पनि सहज देखिदैन, उनीसँग पनि असख्य रुपमा चुनौतीका पहाड छन् । तर देउवाले यस पटक चुनौतीको सामना गर्दै आउने दिनमा पार्टीलाई पुरानो अवस्थामा ल्याउने प्रतिवद्धता त जनाए हुन त काम गर्ने टिम निर्वाचित भएको छ । यस पटक युवा पुस्ताको पार्टी प्रतिको आकर्षण बढेको प्रष्टियो । अबका दिनमा देउवाका लागि शेखर प्रकाशमान, विमेलेन्द्र कृष्ण सिटौला सबैलाई सन्तुलनमा राखेर पार्टीलाई एक ढिक्का बनाउनु पर्नेछ । पार्टीमा पहिले पहिले कुन काँग्रेस ? देउवा कोइराला भन्ने गरिन्थ्यो, पछिल्लो समयमा फेरि देउवाको पौडेल भनिन् लाग्यो त्यसैले अबका दिन पार्टी भित्र एकता कायम गर्दै आउने स्थानीय प्रदेश संघीय निर्वाचनमा पहिलो पार्टी बनाउने विषयमा पनि अत्यन्तै मेहनत गर्नुपर्ने देखिन्छ । यसले नै पार्टीलाई कमजोर बनाएको थियो । अबका दिनमा विगतको प्रवृतिको अन्त्य गरिनुपर्दछ ।

हुन त शेर बहादुर देउवा सहज रुपमा सभापति बनेका होइन अफ्ठ्यारो अवस्थामा बनेका हुन् त्यसैले विगतमा देउवाले गरेका गल्तीलाई पछिल्लो पटक सच्याउने यो अवसर पनि हो । गत स्थानीय, प्रदेश संघीय निर्वाचनका समयमा देउवाले समीकरणका सवालमा हसिया हथौडा त कहिले हलोमा मतदान गर्न बाध्य बनाएपछि राजनैतिक रुपमा देउवाको छवि खस्किएको हो । सत्य नै हो त्यसैले अब खस्किएको छविलाई आउने निर्वाचनमा विगतको जस्तो गल्ती नगरी उचाईमा पुर्‍याउनका लागि पनि देउवाका लागि यो पटक मुख्य चुनौती नै हो । पटक(पटक सत्तारोहण भएका देउवा कुनै न कुनै विषयमा विवादमा तानिएको पनि हो । त्यहि विवादका कारण उनको प्रतिस्पर्धा धेरै भएपनि अबका दिनमा त्यस्ता विवाद सबै भेटेर नयाँ स्वरुप र नयाँ परिपार्टी बसाल्नका लागी पनि चुनौती देखिन्छ । पार्टीलाई एक बनाउनका लागि पापड नै बेल्नु पर्नेछ । पार्टीभित्र लामो समयदेखि मौलाएको भाग भण्डाको राजनीतिलाई समेत अन्त्य नगर्दा सम्म सवल सक्षम योग्य व्यक्तिले अवसर पाउदैन । जबसम्म हाम्रो भन्दा राम्रो भन्ने हुँदैन तबसम्म काँग्रेस पुरानो अवस्थामा फर्किदैन । गुटको नाममा भागवण्डाको राजनीति पनि अन्त्य गरिनुपर्दछ । त्यो पनि देउवाका लागि चुनौती नै हो । भागवण्डाको नाममा बाडिएको पदले काँग्रेसलाई कमजोर बनायो ।

पार्टीमा पछिल्लो दशकमा परिवारवादलाई निकै हावी भयो । परिवारवादको अन्त्यका लागि देउवाले अन्त्यका लागि प्रयत्न गरे मात्र उनको नाम आउने पुस्ताले सुनौलो अक्षरले लेख्नेछन् । केन्द्रदेखि नै चुनौतीलाई अवसरका रुपमा लिएर जन(जनको मन जित्ने गरी काम गरेको खण्डमा बल्ल काँग्रेसले रुपान्तरणको बाटोमा यात्रा गर्ने अवसर प्राप्त गर्नेछ । अहिले पछिल्लो समयमा अमेरिकाको सहयोग एमसिसी प्रकरण जल्दो बल्दो अवस्थामा छ । यो राष्टूघाती हो भनेर स्वयं अमेरिकाका जिम्मेवार व्यक्तिको उजागर गरिसकेका छन् । एमसिसी नेपाल र नेपालीको पक्षमा छैन भनिसकेका छन् । त्यसैले यसलाई सदनबाट सहयोग नलिने भनेर अनुमोदन गरेको खण्डमा देउवाको भविष्यसंगै नेपालको भविष्य राम्रो सपना देख्नेको संख्या बढी नै छ एमसिसी सदनबाट फिर्ता पठाउने निर्णय चुनौतीसंगै अवसर पनि हो ।  (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update