माथागढी गाउँपालिकामा विद्यालयको अनुगमन
शुक्रबार, मंसिर २४, २०७८
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’
शुक्रबार, मंसिर २४, २०७८
लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताइन् । उनले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन्
शुक्रबार, मंसिर २४, २०७८
आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया
बिहीबार, मंसिर २३, २०७८
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र भष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक अन्तक्र्रिया कार्यक्रम भएको छ ।
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो
बिहीबार, मंसिर २३, २०७८
गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था सुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य
बिहीबार, मंसिर २३, २०७८
श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनः सुरेश कुमार कर्माचार्य चयन भएका छन् । संघको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले कर्माचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
हराएकी महिला खोजिदिन परिवारको आग्रह
बिहीबार, मंसिर २३, २०७८
बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका –३ साग्दीकी एक महिला हराएकोले खोजिदिन परिवारले आग्रह गरेको छ । ५२ वर्षीया लोकमाया श्रीस बुधबार घरबाट घाँस काट्न हिडेको र अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन परिवारले सबैमा आग्रह गरेको हो ।
आज भ्रष्टाचारविरुद्धको दिवस
बिहीबार, मंसिर २३, २०७८
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।
भवन तथा बाटो निर्माणकर्मी संघले मनायो साधारण सभा, श्रमिक वर्गको समस्यामा निर्माणकर्मी संघ
बिहीबार, मंसिर २३, २०७८
श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक वर्गहरुको समस्यामा लागि परेको देखिएको छ । संघ श्रमिक वर्गहरुमा परेका हरेक समस्यामा अभिभावकीय भूमिकामा देखिएको हो । उसले श्रमिक, मजदुर वर्गमा परेका समस्या र पर्न सक्ने सम्भावित समस्याका विषयमा चासो देखाएको देखिन्छ । संघका अध्यक्ष सुरेशकुमार...
गुल्मीमा चार बालबालिकाको उद्धार
बिहीबार, मंसिर २३, २०७८
गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो ।
भ्रष्टाचार विरुद्ध दिवसको सार्थकता
बिहीबार, मंसिर २३, २०७८
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।
स्वरोजगार बनाउने कार्यक्रम ल्याउन माग
बिहीबार, मंसिर २३, २०७८
सशस्त्र द्वन्द्वपीडितका माग सम्बोधन हुने गरी नीति, योजना र बजेट निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपालले मंगलबार बुटवलमा आयोजित न्याय तथा परिपूरण सम्बन्धमा लुम्बिनी प्रदेश सरकारको नीति योजना तथा बजेटमाथि द्वन्द्वपीडितको चासो तथा छलफल कार्यक्रममा सहभागीले आफूहरूलाई राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव...
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत
बुधबार, मंसिर २२, २०७८
वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पाल्पाका निर्माणकर्मीहरुलाई पुरस्कृत गरेको छ । कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’ योजना अन्र्तगत सबै भन्दा धेरै सिमेन्ट प्रयोग गर्ने निर्माणकर्मीलाई पुरस्कृत गरेको हो ।


