काँग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान सुरु
सोमबार, मंसिर २७, २०७८

गुल्मीमा अक्सिजन उत्पादन सुरु
सोमबार, मंसिर २७, २०७८
जिल्ला अस्पताल गुल्मीमा सञ्चालनमा आएको अक्सिजन प्लान्ट । जडानको सम्पूर्ण कार्य पूरा भएसँगै यहाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिण्डर अक्सिजन उत्पादन क्षमता रहेको प्लान्टमा तत्काल दैनिक ४० वटा अक्सिजन सिलिण्डर भर्न सकिन्छ ।
नेल्टा पाल्पाको अधिवेशन, अध्यक्षमा बस्याल
आइतबार, मंसिर २६, २०७८
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको साधारण सभा तथा छैठौ अधिवेशन तानसेनमा भएको छ । संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।

काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता
आइतबार, मंसिर २६, २०७८
काँग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै ५७ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।

मृगौला पीडित सुनारलाई आर्थिक सहयोग
आइतबार, मंसिर २६, २०७८
गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङ्गकी मृगौला पीडित १९ वर्षीया मुना सुनारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो(टोकियो)ले सुनारको उपचारका लागि ५ लाख ३५ हजार सहयोग गरेको हो ।

तानसेन–रिडी सडक दैनिक ६ घण्टा बन्द
आइतबार, मंसिर २६, २०७८
तानसेन–रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो ।

साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन
आइतबार, मंसिर २६, २०७८
पाल्पाली साहित्य अनुरागीहरूले आख्यान चौतारी गठन गरेका छन् । साहित्य क्षेत्रलाई साझा चौतारी बनाउका लागि उनीहरुले चौतारी गठन गरेका हुन् ।

वडा–वडामा सेवा पुर्याउँदै पूर्वखोला गाउँ सरकार
आइतबार, मंसिर २६, २०७८
नागरिकहरुलाई घर–घर, वडा–वडामा सेवा सुविधा प्रदान गर्न पूर्वखोला गाउँपालिकाले वडा–वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।

गुल्मीको मुसिकोटमा रायमाझीले गरे कूलका जेष्ठ नागरिकलाई सम्मान
आइतबार, मंसिर २६, २०७८
गुल्मीको मुसिकोटमा रायमाझी बन्धुहरुले कूलका जेष्ठ सदस्यहरुलाई सम्मान गरेका छन् । मुसिकोटको पेगा र इस्मा रातडाँडाका रायमाझीहरुले चार जना कूलका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

कोरोना भाइरस विरुद्ध दुई करोड मात्रा खोप लगाइयो
शनिबार, मंसिर २५, २०७८
नेपालमा कोरोना भाइरस विरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए ।

देशभर थप २ सय ३६ मा कोरोना संक्रमण
शनिबार, मंसिर २५, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ९ हजार १ सय ७८ को पिसिआर परीक्षण गरिएको थियो ।

देशभर चिसो बढ्यो
शनिबार, मंसिर २५, २०७८
न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको हो ।

सन्तोषजनक छैन मानव अधिकारको अवस्था
शनिबार, मंसिर २५, २०७८
नेपालमा पनि हरेक वर्ष मानवअधिकार दिवस मनाउने गरिन्छ । दिवस मनाइने गरिएपनि मानव अधिकारको अवस्था भने सन्तोषजनक देखिदैन । नेपालमा पटक–पटक दोहोरिने मानव अधिकार उल्लङ्घनका घटना, हिंसाजन्य गतिविधि तथा दण्डहीनताका कारण पीडकहरू उम्किरहेका घटनाहरूले मानव अधिकारका पक्षधर तथा पालकलगायत नागरिकलाई गिज्याइरहे जस्तो त देखिन्छ नै, सरकार तथा मानव अधिकारवादी संघसंस्थाका...