Shittalpati
दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा

रामपुर, पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ । यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन् । गाउँका १ सय २६ जनाले सेवा लिएका थिए । उक्त शिविर निस्दी–२ को आयोजना तथा नेपाल नेत्रज्योति संघ, जिल्लास्थित कालीगण्डकी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

गाउँबासीलाई सहजरुपमा सेवा दिन शिविर आयोजना गरिएको वडाध्यक्ष पूर्णबहादुर बाकाबलले जानकारी दिए । शिविरमा १ सय ४ जनालाई निःशुल्क औषधि, १५ जनालाई चस्मा र सातजनालाई परामर्श सेवा दिइएको थियो । शिविरमा आँखा जाँच गराएकामध्ये दसजनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले पुस २८ गते सम्पर्क गर्न बोलाइएको केन्द्रका प्रमुख सुन्दर रानाले बताए ।–रासस

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update