आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
आइतबार, वैशाख १८, २०७९
पाल्पा र गुल्मीमा एक सय ५७ उम्मेदवारी फिर्ता
आइतबार, वैशाख १८, २०७९
गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पा र गुल्मीमा बागी र स्वतन्त्र उम्मेदवारी दिएका एक सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् । पाल्पामा ७५ र गुल्मीमा ८२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
यामाहाको ‘महा एक्सचेञ्ज मेला’
आइतबार, वैशाख १८, २०७९
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सेन्ज मेला’ सञ्चालन गरेको छ । यामाहाले बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा मेला सञ्चालन गरेको हो । अधिकासं ग्राहकहरुको रोजाईमा पर्न सफल यामाहाले थुप्रै सुविधा सहित महा एक्सचेञ्ज मेला सञ्चालन गरेको छ ।
पार्टी बचाउन नेतृत्वलाई खबरदारी !
आइतबार, वैशाख १८, २०७९
देश र जनताको निम्ती गठित नेपाली काँग्रेस । अन्याय अत्याचारको विरोधमा आवाज उठाएर जहानियाँ राणा शासनको अन्त्य, निरङ्कुशताको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको नेपाली काँग्रेस । त्यसैले त म काँग्रेस हुनुमा गर्व गर्छु । नेपाली काँग्रेस बिपीको दुरदर्शी विचार, गणेशमानको त्याग, सुवर्णशमशेरको समर्पण, कृष्णप्रसादको निष्ठा र इमान्दारीता गिरिजाप्रसादको सक्रियता शुसिल...
पाल्पामा ७५ जनाको उम्मेदवारी फिर्ता
शनिबार, वैशाख १७, २०७९
गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पामा बागी र स्वतन्त्र उम्मेदवारी दिएका ७४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् ।
‘गठबन्धनले निर्वाचनलाई प्रदुषित बनायो’
शनिबार, वैशाख १७, २०७९
नेकपा एमालेका पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्र्चाज ठाकुर गैरेले ५ दलिय गठबन्धनबाट वैशाख ३० गते हुने निर्वाचनलाई प्रदुषित बनाएको आरोप लगाएका छन् ।
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन कतै चुनावी सभा, कतै घरदैलो
शनिबार, वैशाख १७, २०७९
पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कतै चुनावी सभा त कतै घरदैलो कार्यक्रम भएका छन् । यहाँ २०७४ को निर्वाचनमा एमालेले कब्जा गरेका पालिकाहरुमा समेत आफ्ना उम्मेदवारहरुलाई विजयी गराउने गरी पाँच दलीय गठबन्धनले घरदैलो कार्यक्रमदेखि चुनावी सभाहरुलाई व्यापक बनाएको छ ।
मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय
शनिबार, वैशाख १७, २०७९
जिल्ला निर्वाचन कार्यालय पाल्पाले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका चाहिने सामग्री मिलाउन जुटेको छ । कार्यालयका कर्मचारीहरुले मतदान स्थलमा चाहिने आवश्यक सामग्रीहरुको एक÷एक गर्दै रुजु गरी पोका–पोका बनाई तयारी अवस्थामा राख्न थालेका छन् । मतदान केन्द्रलाई आवश्यक पर्ने मतपत्र बाहेकका सामग्रीहरु संकलन गरी जिल्ला निर्वाचन कार्यालय पाल्पाले...
मातृ दिवसको औचित्य
शनिबार, वैशाख १७, २०७९
आमाको मुख हेर्ने औंसीलाई मातातीर्थ औंसी भनिन्छ । यो प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । आमा र सन्तानबीचको सम्बन्ध सबैभन्दा पवित्र हुन्छ । शास्त्रहरुमा मातालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।
मातातीर्थ औंसी : ममतामयी आमालाई मान्ने दिन
शनिबार, वैशाख १७, २०७९
‘आमाको माया पो माया, अरुको माया त दुई दिनको घाम छायाँ’ फेसबुकमा मन भित्रको शब्दहरुबाट लिइएको । प्रत्येक वर्ष बैशाख कृष्णपक्षको अमावस्याको तिथिलाई मातातीर्थ औसीको रुपमा मनाइन्छ । यो दिन भनेको आज आफुलाई जन्मदिने आमाको मुख हेर्ने र आमालाई विविध रुपले सम्मान गर्ने मातृ सम्मान दिवसको रुपमा मान्ने हो ।
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित
शनिबार, वैशाख १७, २०७९
निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रिया मार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् ।
ज्ञानमाला संघको हीरक महोत्सव शुभारम्भ : मोवाइलको जस्तै बुद्धको आवश्यकता खड्कियो
शनिबार, वैशाख १७, २०७९
थेरवाद बुद्ध शासनका वरिष्ठ तथा अखिल नेपाल भिक्षु महासंघका आठौं श्रद्धय संघनायक भिक्षु बोधिसेन महास्थविरले मोवाइलको आवश्यकता जस्तै भगवान गौतम बुद्धको आवश्यकता खड्किएको बताएका छन् ।


