गुल्मीका स्थानीय तहमा आफ्नै पाठ्यक्रम
मंगलबार, असार २८, २०७९
बजेटमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
मंगलबार, असार २८, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् । उनीहरु वडा र पालिकास्तरीय बजेटमा आफुहरुलाई विभेद गरिएको भन्दै गाउँ सभामा अनुपस्थित भएका हुन् ।
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै
मंगलबार, असार २८, २०७९
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज हुँदै छ । कम्पनीले आज बिहान आफ्नै कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट गर्न लागेको हो ।
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
सोमबार, असार २७, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् ।
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
सोमबार, असार २७, २०७९
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ ।
कीर्तिमानी आरोहीलाई लुम्बिनी बैंकले गर्यो सम्मान
सोमबार, असार २७, २०७९
लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैंकको लोगो अंकित ब्यानरसहित २६ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पुगेर आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएका पर्वतारोही शेर्पालाई सम्मान गरेको हो ।
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता
आइतबार, असार २६, २०७९
नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । आइतबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रेस युनियनको केन्द्रीय सचिवमा अर्यालको उम्मेदवारी
आइतबार, असार २६, २०७९
लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पाल्पाका माधव अर्यालले सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार तानसेनमा भएको नेपाल प्रेस युनियन पाल्पा शाखाको बैंठकमा केन्द्रीय सदस्य समेत रहेका अर्यालले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पाल्पामा प्रतिनिधीसभा सदस्यमा गहिरेको स्वतन्त्र उम्मेदवारी
आइतबार, असार २६, २०७९
पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोकका उपेन्द्रराज गहिरेले आगामी प्रतिनिधिसभा निर्वानको लागि क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उनले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी राजनीतिक दलको विकृति, विंसंगती, भ्रष्टाचार, जालझेल राजनीति अन्त्य गरी डिजिटल नेपाल निर्माणको लागि प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
आइतबार, असार २६, २०७९
नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा
आइतबार, असार २६, २०७९
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुको साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार
शनिबार, असार २५, २०७९
आन्तरिक आम्दानीमा वृद्धि गर्न तानसेन नगर सरकार पर्यटन क्षेत्रमा केन्द्रीत बनेको छ । नगर सरकारले तानसेनमा रहेका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको भरपुर उपयोग गरी आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिएको छ । उसले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरु रानीमहल र श्रीनगर क्षेत्रको उपयोग गरी आन्तरिक आम्दानी बढाउने योजना ल्याएको हो ।
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
शनिबार, असार २५, २०७९
पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।


