ग्लोबल र बैंक अफ काठमाण्डू गाभिने
शुक्रबार, असार ३, २०७९
डुंगा पल्टिँदा बेपत्ता भएका सबैको जीवितै उद्दार
बिहीबार, असार २, २०७९
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका ७ जनाकै जीवितै उद्दार गरिएको छ । विहीबार रानीमहल घुम्न पुगेका पर्यटकहरु र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका थिए ।
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता
बिहीबार, असार २, २०७९
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् ।
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक
बिहीबार, असार २, २०७९
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म
बिहीबार, असार २, २०७९
नेपाली शब्द कोष अनुसार ‘अथक’ को अर्थ हो नथाक्ने । अर्थजस्तै निरन्तर शैक्षिक, सामाजिक, साहित्यिक र मानवअधिकारका क्षेत्रका क्रियाशिल नाम हो पुष्कर ‘अथक’ रेग्मी ।
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम
बिहीबार, असार २, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि आधारभूत तालिम दिएको छ । पालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १० दिने आधारभूत तालिम दिएको हो ।
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
बिहीबार, असार २, २०७९
जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुधबार, असार १, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।
भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी
बुधबार, असार १, २०७९
जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली काँग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी भएका हुन् ।
एक महिनामै सरकारको निर्णय फिर्ता
बुधबार, असार १, २०७९
एक महिना अघि आइतबार बिदा दिने संघीय सरकारको निर्णय फिर्ता भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णयको चौतर्फीक आलोचना भएपछि आजदेखि खारेज गरिएको हो । सरकारले बिदा दिन गरेको निर्णयको सुरुमै चौतर्फी विरोध भएको थियो ।
निस्दी मित्यालका असल बुहारी सम्मानित
बुधबार, असार १, २०७९
सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका जेष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ ।
युरिया मल ल्याउँदै साल्ट ट्रेडिङ
बुधबार, असार १, २०७९
देशभर रासयनिक मलको अभाव भएका समाचार आइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले भने मल ल्याउन धमाधम काम थालेको छ । एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको कर्पोरेसनले केही मल ल्याई सकेको र केही मल असार पहिलो हप्ता ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ ।
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, जेठ ३१, २०७९
आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।

.jpg)
-1762576335.jpg)