Shittalpati
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन

पाल्पा, जिल्लाको तानसेनमा रहेको तानसेन बहुमुखी क्याम्पसमा सञ्चालित युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । सुमित रेग्मीको अध्यक्षतामा सर्कलको बुधबार पुनर्गठन गरिएको हो ।

जसको उपाध्यक्षमा समीक्षा गौतम,सचिवमा सरिता घर्ती, सह–सचिवमा सोनी राना र कोषाध्यक्षमा विपिन नेपाली रहेका छन् । सर्कलको सदस्यहरुमा कविता विक, विना गाहा, रासीका विक,पदम पोखरेल ,मनिषा नेपाली, कुसुम विक चयन भएका छन् ।

सर्कलले विगतमा पनि रगत संकलन, सरसरफाइ, दुर्घटना प्राकृतिक प्रकोप, महामारीमा परेकाको उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणमा सक्रिय रहँदै आएको थियो । सर्कलले उत्कृष्ट काम गरे वापत जिल्लामै उत्कृष्ट सर्कल पुरस्कार समेत पाइसकेको छ । आगामी दिनमा पनि शैक्षिक क्रियाकलापमा सामाजिक अभियानलाई जोडेर काम गर्ने सर्कलका शिक्षक नायक उप.प्रा. सुमिता श्रेष्ठले बताइन् ।

सर्कलमा आवद्ध विद्यार्थीहरु रेडक्रसका खम्बा भएको क्याम्पस प्रमुख पुष्कर राज रेग्मीले बताए । उनले भने ‘हरेक विपत् परिस्थितिमा उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ । उनीहरू भावी रेडक्रसका नेतृत्वकर्मी हुन् । मुलुककै लागि नेतृत्व दिने महत्वपूर्ण व्यक्ति बन्न सक्छन्, जुनियर रेडक्रसमा लाग्नु भनेको सामाजिक सेवाका साथै व्यक्तित्व विकास पनि हो ।’

मानवीय सहयोगको पक्षलाई आत्मसात् गरी नेपाल रेडक्रसले विद्यालय स्तरमा जुनियर र कलेज तथा सामुदायिक स्तरमा युवा रेडक्रसको स्थापना र विस्तार गर्दै आएको छ । सर्कलहरु रगत संकलन, सरसरफाइ, दुर्घटना प्राकृतिक प्रकोप, महामारीमा परेकाको उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणमा सक्रिय रहँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update